चालू आर्थिक वर्षको ६ महिनामा नेपालमा आलुको आयात घटेको छ । साउनदेखि पुस मसान्तसम्मको अवधिमा ५ अर्ब ३९ करोड मूल्यबराबरको आलु आयात भएको हो ।

गत आर्थिक वर्षको सुरुका ६ महिनामा ५ अर्ब ५६ करोड रुपैयाँको आलु आयात भएकामा यसवर्षको ६ महिनामा भने ५ अर्ब ३९ करोडको आयात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

अघिल्लो वर्षको ६ महिनाको तुलनामा यसवर्ष ९ दशमलव ६ प्रतिशतले आलुको आयात घटेको हो ।

नेपालले आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब ३० करोड रुपैयाँको आलु आयात गरेको थियो भने गत आर्थिक वर्षमा कूल ८ अर्ब १९ करोड मूल्यको आलु आयात भएको तथ्यांक छ । यस अवधिमा ३ लाख ४० हजार मेट्रिक टन आलू आयात गरिएको मन्त्रालयले जनाएको छ । जुन देशको कूल आवश्यकताको ८ दशमलव ९५ प्रतिशत हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत देशका १९ जिल्लामा १७ हजार ४ सय ६५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिँदै आएको छ । नेपालमा ओखलढुंगा, रामेछाप, रसुवा, नुवाकोट, भक्तपुर, काठमाडौँ, बाग्लुङ, दैलेख, बझाङ, अछाम, पाँचथर, दोलखा, गोरखा, मनाङ, म्याग्दी, रोल्पा र रुकुम पूर्वमा जोनअन्तर्गत खेती गरिँदै छ भने काभ्रेपलाञ्चोक र डडेल्धुरामा सुपरजोनअन्तर्गत आलु खेती गरिँदै आएको छ । परियोजनाले सार्वजनिक गरेको अर्धवार्षिक प्रगति विवरणअनुसार ३ लाख ९० हजार १ सय ६८ मेट्रिक टन आलु उत्पादन भएको छ । देशभर भने १ लाख ९८ हजार ७ सय ८८ हेक्टर क्षेत्रफलमा आलु खेती भइरहेको छ ।

सन् १९५७ मा फ्रान्सेली दर्शनिक तथा साहित्यिक आलोचक रोला बार्थले चिप्सलाई ‘देशभक्त’ बताएका थिए । सय वर्ष पहिले आलुमा लागेको एक रोगले केही वर्षमा नै आयरल्याण्डको आधा आवादी नष्ट गरिदिएको थियो । अहिले चीन, भारत, रुस र युक्रेन विश्वका प्रमुख आलु उत्पादक मुलुक हुन् ।

आलुसँगै यी मुलुकको आन्तरिक सम्बन्ध पनि जटिल छ । तर, यीमध्ये कुनै पनि मुलुकले आलु मूलरुपमा आफ्नो भएको दाबी भने गर्न सक्दैनन् । ८ हजार वर्ष पहिले दक्षिण अमेरिकाको एन्डिजमा आलुको खेती ? गरिएको थियो । सन् १५०० पछि यसलाई यूरोपमा ल्याइएको थियो । यहाँबाट यो पश्चिम र उत्तरतर्फ फलिँदै गयो र अमेरिका पुग्यो।

 

मङ्लबार, २३ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो