पाँचथरको एक विद्यालयमा जातीय पोशाक अनिवार्य गरिएको छ ।

फिदिमको रानीटार माध्यमिक विद्यालयमा हप्ताको सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरूलाई आ–आफ्नो जातीय पोशाक लगाउन अनिवार्य गरिएको हो । लोप हुन लागेको संस्कृति र परम्परा संरक्षण गर्न हप्ताको दुई दिन जातीय पोशाक अनिवार्य गरिएको हो ।

गुरुङ, तामाङ, लिम्बु, राई, ब्राह्मण, क्षेत्री, दलित समुदायका विद्यार्थी पढ्ने यस विद्यालयमा केही सीमित बाहेक यहाँ अधिकांश विद्यार्थी र शिक्षकहरू हप्ताकाे दुई दिन मौलिक पोशाकमा सजिएर आउने गरेका छन् । विद्यालय पोशाक भन्दा जातीय पोशाक लगाउन खर्चिलो हुने भए पनि संस्कृति र परम्परा संरक्षण गर्न पाउँदा विद्यार्थी पनि खुशी भएको विद्यालयका प्रधानाध्यापक भक्तबहादुर राईले दावी गर्नुभयो ।

यस अभियानले पोशाक लगाउने सीपको विकास हुनुका साथै शिक्षाको व्यावहारिक ज्ञान पनि प्राप्त हुने विद्यालयको बुझाइ छ ।

मङ्लबार, २३ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान