तनहुँका ग्रामीण क्षेत्र विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा सबस्टेसन निर्माण अघि बढाइएको छ। विद्युत् सेवा नपुगेका ग्रामीण क्षेत्र विद्युतीकरणका लागि आयोजनामार्फत काम अगाडि बढाइएको हो।

नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन इस्ट इन्डिया उद्योगरवाइबा इन्फ्राटेक जेभीसँग सम्झौता गरिएको थियो।

तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठका अनुसार २०७५ साल मंसिर १३ मा कम्पनीसँग ६१ लाख ५३ हजार २ सय सात अमेरिकी डलरमा निर्माण सम्झौता गरिएको थियो।

निर्माण व्यवसायीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरी सर्भे तथा डिजाइन सम्पन्न गरी ३३/११ केभी तथा एलटी लाइन निर्माण गरिरहेको छ। घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा निर्माण सम्पन्न भएको श्रेष्ठले बताउनुभयो।

घिरिङ मा ६/८ एमभीए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ। स्थानीय तहमा विद्युत् आपूर्तिका लागि बाट ११ केभीका तीन वटा फिडर लाइन निकालिएको छ। कुल ११ केभीको एउटा फिडर लाइन जगेडामा राखिएको छ।

मार्फत तनहुँको भिमाद नगरपालिका तथा घिरिङ गाउँपालिको सम्पूर्ण क्षेत्र र ऋषिङ गाउँपालिका तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को केही भागमा विद्युत् आपूर्ति गरिएको छ।

बन्दीपुर गाउँपालिका–६ साराङ्घाटमा निर्माण गरिएको बाट आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकामा विद्युत् आपूर्ति गरिएको छ। यसबाट त्यस क्षेत्रका उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाएका छन्। आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक देखि बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ।

प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा ट्यापिङ गरी सराङ्घाट सम्म पुर्‍याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण भएको छ। यसमध्ये एक हजार एक सय ३० मिटर प्रसारण लाइन भूमिगत गरिएको छ।

आयोजनाअन्तर्गत तनहुँको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ। ग्रामीण विद्युतीकरणअन्तर्गतका सम्पूर्ण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको श्रेष्ठले जानकारी दिनुभयो।

नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो। रासस

मङ्लबार, २३ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो