सिंजा गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा यहाँका ३ सय २७ जना ग्रामीण महिला लाभान्वित भएका छन् । पालिका स्तरीय स्वास्थ्य शिविरमा पालिकाभरिका ३ सय २७ महिला सहभागी भएका हुन् ।

जसमध्ये नराकोट स्वास्थ्य चौकीमा १ सय १ जना, धाँपा स्वास्थ्य चौकीमा ७६ र सनिगाउँ स्वास्थ्य चौकीमा १ सय ५० जना गरी जम्मा ३ सय २७जना एकैदिन शिविरबाट लाभान्वित भएको जनस्वास्थ्य निरीक्षक प्रकाश धितालले बताउनुभयो ।

उहाँका अनुसार ४ जना महिलालाई पाठेघरको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ । साथै ५७ जना महिलालाई पाठेघर खस्न नदिन रिङ प्रेसर राखिएको छ । भने ३ सय २७ जना महिलालाई पाठेघर  खस्ने, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने र ढाड दुख्ने लगायतका समस्याको जाँच गरिएको जनस्वास्थ्य निरीक्षक धितालले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरबाट लाभान्वित सबै ग्रामीण महिला गाउँमै उपचार गराउन पाउँदा खुसी भएका छन् । गाउँमै पाठेघरको जाँच गराउन पाउँदा सिञ्जाका ३ सय २७ जना महिला नै खुसी भएका छन् । गाउँपालिकाले आगामी दिनमा पनि यस्ता शिविरको आयोजना गर्नुपर्ने उहाँहरूको माग छ ।

तीन वटा स्वास्थ्यचौकीमा एकैसाथ गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालको पहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिविरबाट पाठेघरको शल्यक्रियाका लागि कर्णाली प्रतिष्ठान लिने र ल्याउने व्यवस्था गाउँपालिकाले गर्ने सिञ्जाका अध्यक्ष पूर्ण प्रसाद धितालले बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रतिष्ठानले पाठेघर खस्ने समस्या भएका महिलाको निःशुल्क उपचार गर्ने छ ।

धेरै बच्चा जन्माएका तथा कुनै नजन्माएका महिलामा पनि पछिल्लो समय पाठेघर सम्बन्धी समस्या देखापरेको छ । चेतना अभिवृद्धि, कार्यबोझ न्यूनीकरण तथा स्वास्थ्य सुरक्षामा स्वयम महिलाले ख्याल गर्ने र परिवारका सदस्यले साथ दिएको खण्डमा पाठेघर खस्ने समस्याबाट मुक्त भइने कर्णाली प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा.सुबि बस्नेतले बताउनुभयो ।

चेतनाको अभावले अझै गाउँका महिला आफ्ना समस्या खुलेर राख्न सक्दैनन् । सिञ्जा गाउँपालिका अध्यक्ष धिताल भन्छन्,“आफ्ना समस्या खुलेर भन्न नसकेकै कारण ग्रामीण महिला पाठेघर क्यान्सरको जोखिममा छन् । त्यसैले पालिकामै शिविरको आयोजना गरी महिलाको स्वास्थ्य जाँच गर्‍यौ । पाठेघर क्यान्सरको जोखिमबाट महिलालाई मुक्त गराउन कार्यबोझ घटाउने कार्यक्रममा जोड दिनुपर्ने देखियो ।”

अधिकांश ३० वर्ष माथिका ग्रामीण महिला पाठेघर खस्ने, सेतो पानी बग्ने, ढाड दुख्ने समस्याबाट पीडित छन् । गाउँमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरले त्यस्ता पीडित महिलालाई राहत पुर्‍याएको छ ।

कार्यबोझ न्यूनीकरण सँगै महिला सशक्तीकरण, उद्यमशीलताको विकास र महिलाको स्वास्थ्य सुरक्षा सम्बन्धी कार्यक्रमलाई जोड दिइने अध्यक्ष धितालको जोड छ ।

मङ्लबार, २३ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान