यस वर्षको हिउँदयाममा वर्षा नभएपछि हिउँदे बाली खेतबारीमै सक्न थालेका छन् ।

हिउँदे बाली लगाएदेखि एक पटक मात्र वर्षा हुँदा सल्यानका किसान चिन्तित भएका छन् । हिउँदे वर्षा नभएपछि यो वर्ष उत्पादनमा पनि कमी आउने अनुमान गरिएको छ ।

वर्षा नभएपछि सिँचाइको अभावले गहुँ, जौ, चना, मुसुरो लगायतका हिउँदे खेती खेतबारीमै सक्न थालेको शारदा नगरपालिका ६ खतिगाउँकी द्रुपति खत्रीले बताउनुभयो । “यो समयमा गत वर्ष धेरै पटक वर्षा भएको थियो, तर अहिले एक पटक पनि पानी परेको छैन । पाखोबारीमा लगाएको गहुँ, तोरी, मुसुरो सबै सुक्न थालेका छन् ।” उहाँले भन्नुभयो ।

आकाशे झरी नहुँदा बारीमा छरेको बीउ पनि उठ्दैन जस्तो भएको अर्का किसान अमृता बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो “आकाशबाट पानी नपर्दा पाखोबारीमा त केही भएन सिँचाई भएको खेतको बालीनाली पनि राम्रो छैन । आकाशे पानी जस्तो हुँदो रहेनछ ।”

खडेरीका कारण हिउँदे बालीको उत्पादनमा कमी आउने भएपछि खाद्यान्न आयातमा वृद्धि हुने आँकलन गरिएको छ । वर्षा नहुँदा हिउँदे बालीका साथै फलफूलका बोटबिरुवा पनि सुक्दै गएको धिरना बुढाथोकीले बताउनुभयो । सिँचाइ सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव परेको र यसले उत्पादनमा कमी आउने उहाँको भनाई छ । उहाँले भन्नुभयो “जिल्लामा अधिकांश भिरालो ठाउँमा खेती हुँदै आइरहेको छ, आकाशे पानीका भरमा खेती हँुदै आइरहेको छ, यो वर्ष लामो खडेरी भयो, जसका कारण भिरालो जमिनमा हिउँदे बाली निकै कम  छ ।”

कृषि विकास कार्यालयका अनुसार जिल्लामा करिब १४ हजार २ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ । ४५ हजार ५ सय ६७ हेक्टर खेतीयोग्य जमिन मध्ये ३८ हजार ९ सय २६ हेक्टरमा मात्र खेती हुँदै आइरहेको छ । सिँचाई सुविधा नहुँदा यहाँका किसानहरूले आकासे पानीको भरमा खेती गर्दै आइरहेका छन् ।

७ हजार ५९ हेक्टर खेत र ३१ हजार ८ सय ६७ हेक्टर पाखो बारी रहेको जिल्लामा करिब १० हजार हेक्टरमा मात्र आंशिक तथा वर्ष भरी सिँचाई सुविधा रहेको छ ।

आइतवार, २१ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो