जुम्लाको सिञ्जा गाउँपालिकाका-३ सय २७ जना महिलाहरूले पाठेघरको मुखको क्यान्सरको उपचार गराएका छन् ।

उनीहरूले ३ दिने पालिका स्तरीय महिला प्रजनन सम्बन्धी घुम्ती स्वास्थ्य शिविरबाट स्वास्थ्य उपचार गरेका हुन् । जिल्लाको धापामा ७७, नराकोटमा १ सय र शनिगाँउ स्वास्थ्य चौकीमा १ सय ५० जना महिलाहरूले सेवा लिएका छन् । ४ जनालाई अप्रेसनका लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाएको छ ।

त्यस्तै, ५७ जनालाई रिङ पेसरी राखिएको छ । दुर्गम ठाउँमा आर्थिक अभावका कारण उपचार पाउनबाट बञ्चित भएकाहरुका लागि निःशुल्क शिविर राखिएको हो । क्यान्सर रोग विशेषज्ञसहितको चिकित्सक टोलीले महिलाको स्वास्थ्य उपचार गरेको सिञ्जा गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रकाश धितालले जानकारी दिनुभयो ।

पाठेघर सम्बन्धी परिक्षण, आङ खस्ने समस्या, सेतो पानी बग्ने, ढाड दुख्ने र तल्लो पेट दुख्ने रोगका बिरामी बढी भएको चिकित्सकले बताएका छन् । जुम्लाका महिलाहरू प्रायः बाल विवाह गर्ने, कम उमेरमै गर्भवती हुने, कार्य बोझका कारण खानपान र सरसफाईको अवस्थामा ध्यान नदिने जस्ता कारणले महिलाको पाठेघरमा समस्या आउने गरेको जनाइएकाे छ।

शनिबार, २० फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान