नेपाल विद्युत प्राधिकरणले बढी भएको बिजुली भारतलाई बेचे बापत गत साउनदेखि पुससम्म ८ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ  ।प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार गत साउनदेखि पुससम्ममा बढी भएको बिजुली भारतीय ऊर्जा विनिमयमा बिक्री गरिएको हो ।

प्राधिकरणले साउनमा करिब १ अर्ब ४ करोड रुपैयाँको बिजुली बेचेको थियो  । भदौमा करिब १ अर्ब ९८ करोड, असोजमा सबैभन्दा धेरै करिब २ अर्ब २५ करोड, कात्तिकमा करिब १ अर्ब ५२ करोड र मंसिरमा करिब १ अर्ब ३२ करोड रुपैयाँ बराबरको बिजुली बिक्री गरेको छ  । यस्तै पुसमा करिब २१ करोड रुपैयाँको विद्युत् बिक्री भएको छ । सात महिनामा १० लाख ७८ हजार ८४८ गिगावाट घण्टा बिजुली भारत निर्यात भएको छ  ।

प्राधिकरणले देशभित्रको मागअनुसार आफ्नो उत्पादन हुन छाडेपछि पुस पहिलो सातादेखि विद्युत् निर्यात बन्द गरेको छ  । प्राधिकरणले गत ०७८ कात्तिकदेखि भारतमा बिजुली निर्यात गर्दै आएको छ  । प्राधिकरणले पहिलो पटक दुई वटा जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् बिक्री सुरु गरेको थियो  ।

गत जेठमा थप ६ वटा आयोजनाको ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्रीको अनुमति पाएको थियो  । गत कात्तिकमा थप दुई जलविद्युत् आयोजनाको निर्यातको स्वीकृति पाएको छ  । यससँगै प्राधिकरणले हाल १० आयोजनाको गरी कुल ४५२ मेगावाट बिजुली भारतमा बिक्रीको लागि अनुमति पाएको छ  ।

त्यसैगरी, सुक्खायाम लम्बिएर आयात बढाउनु परेपछि चालु आर्थिक वर्षको हालसम्ममा बिजुली आयात गर्दा ५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको प्राधिकरणले जनाएको छ  । प्राधिकरणले साउनदेखि फागुन १५ सम्ममा ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको बिजुली आयात गरेको छ  । प्राधिकरणका अनुसार सुक्खायाम सुरु भएसँगै नदीमा पानीको बहाव घट्नाले उत्पादनमा कमी हुँदा भारतबाट आयात गर्नु परेको छ  । हाल प्राधिकरणले दैनिक करिब ४ सय मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ  ।

साउनमा करिब १ करोड, भदौमा करिब २ करोड र असोजमा करिब २ करोड रुपैयाँ बराबरको बिजुली आयात गरेको थियो ।

मङ्लबार, १६ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो