आइतबार साँझदेखि रातिसम्म सङ्खुवासभाको प्रायः सबैै ठाउँहरुमा पानी परेको छ । जिल्लाको तल्लो भेगमा पानी मात्र परे पनि माथिल्लो क्षेत्रमा असिना समेत परेको छ ।

हिउँद लागेपछि पहिलो पटक परेको पानीले छिटपुट क्षति पुर्याए पनि बाली बिरुवा लगाएका किसानलाई भने राहत मिलेको छ । लामो समयसम्म पानी नपर्दा सुक्न लागेको अलैंचीलाई ठूलो राहत मिलेको छ । वैशाखसम्म पनि पानी नपरे अलैंची सुक्ने चिन्तामा बसेका कृषकहरुलाई पानी परेसँगै खुशी मिलेको छ ।

अलैंचीसँगै हिउँदे बालीहरु गहुँ, आलु, तोरीलगायतलाई पनि राहत मिलेको छ । पानी नपरेपछि सुख्खा बनेको बारीमा आलु र गहुँ उम्रिन पाएको थिएन । लामो समयसम्म पानी नगरेपछि मकै छर्न समस्या थियो ।

पूरै माटो भिज्ने गरी आएको असिनासहितको पानीपछि मकै छर्न तयारी गरिएको मकालु गाउँपालिकाका सिबि कुलुङ बताउनुहुन्छ । असिनासहितको पानीले केही ठाउँमा क्षति पुर्याए पनि समग्रमा किसानलाई फाइदा नै पुगेको उहाँको भनाइ छ ।

आइतबार राति जिल्लाको भोटखोला, मकालु, चिचिला, सभापोखरी, सिलिचोङ गाउँपालिका र धर्मदेवी नगरपालिकाको माथिल्लो भेगमा असिनासहितको पानी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कतिपय स्थानमा बाक्लो असिना जमेको कारण जनजीवन असहज बनेको जिल्ला प्रहरी प्रमुख वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

सोमवार, १५ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो