नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्रले आफ्ना विभिन्न सेवाहरु एकद्वार प्रणालीबाट सुरु गरेको छ । केन्द्रले ग्राहकलाई गुणस्तरीय विद्युत सेवा दिने उद्देश्यले सबै प्रकारका समस्या एकै स्थानबाट समाधान गर्ने गरी शुक्रबार (१२ गते) देखि एकद्वार प्रणाली सञ्चालनमा ल्याएको हो ।

सेवाग्राहीहरूको नयाँ मिटर जडान, मिटर ठाँउ सारी, विद्युत क्षमता वृद्धि/घटी, मिटर बन्द/बदली, विद्युत नामसारी, लागत खारेज जस्ता कार्यका लागि सेवा लिन आउनुहुने ग्राहकहरुको विभिन्न फाँट धाउनुपर्नेे समस्यालाई अन्त्य गर्न एकद्वार प्रणाली सञ्चालन ल्याएकाे केन्द्रले जनाएकाे छ ।

ग्राहकहरू एक ठाउँमा पुगेर आवेदन दिएपछि आवश्यक सेवाका लागि अब कर्मचारी आफैले प्रक्रिया पुरा गरेर कार्य सम्पादन गर्नेछन् । केन्द्रले शुत्रबार आयाेजना गरेकाे कार्यक्रममा लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जको प्रमुख हरि प्रसाद पाण्डेले साे सेवाकाे औपचारिक उदघाटन गरेका छन् ।

ग्राहकहरूको सुविधाका लागि बनाइएको ए.सी. भएको (वातानुकुलित ) ग्राहक प्रतिक्षालय हल तथा टोकन पद्धति बाट महसुल भुक्तानीका लागि ग्राहक व्यवस्थापन एकद्वार प्रणालीकाे एकैपटक उद्धघाट्न भएकाे हाे । केन्द्रको नवनिर्मित भवन लगभग ७३ लाख लागतमा तयार गरेको हो ।

एकद्वार प्रणाली सेवा उद्घाटन लगत्तै एकद्वार प्रणालीअन्तर्गत पहिलो पटक सेवा लिन आउने हुने एकजना र टोकन प्रणालीबाट काउन्टरमा महसुल बुझाउने तीन जना ग्राहकहरूलाई खादा ओढाइ स–सम्मान गरेकाे केन्द्रले जनाएकाे छ ।

नेपालगन्ज वितरण केन्द्रबाट गत २०७३ फाल्गुन १२ गते छुट्टै वितरण केन्द्रको रुपमा अलग्गिएको कोहलपुर वितरण केन्द्रले आफ्नो स्थापनाकालको छोटो अवधीमै सेवा प्रवाह छिटोछरितो बनाउन विभिन्न रचनात्मक अभ्यास अपनाउँदै आएको छ ।

केन्द्रले २४ घन्टाभित्र सिंगल फेज मिटर हस्तान्तरण कार्यको सुरुवात, निर्धारित समयमै मिटररिडिङ कार्य, अनलाइन भुक्तानी प्रवर्द्धनका लागि विभिन्न योजना नियमन गर्दै आएको छ ।

आइतवार, १४ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो