कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत  रहेका ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाबाट निकट भविष्यमै कलैयामा निर्माण हुने प्रदेश स्तरीय कृषि बजारको जग्गाको मन्त्री ज्वाला कुमारी साह सहितको टोलीले निरीक्षण गर्नुभएको छ ।

निरीक्षण पछि  बारा उद्योग वाणिज्य सङ्घमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बर्खी बजारमा रहेको सो जग्गामा कृषि बजार निर्माण गर्नका लागि मन्त्रालयबाट रु २५ करोड रुपैयाँ बिनियोजन गरिसकेको बताउँदै चाडै नै  प्रक्रिया पुर्‍याई निर्माणको कार्य थाल्नी गर्नका लागि मातहतलाई निर्देशन दिइसकेको बताउनु भयो ।

देशभरमा प्रदेश स्तरीय बजार निर्माण ४ वटा ठाउँमा मन्त्रालयले गर्ने सोच राखेको बताउँदै गृह जिल्लाको सदरमुकाम कलैयाबाट नै सो अभियानको थालनी पहिलो चरणमा गरेको जानकारी दिनुभयाे । मधेस प्रदेशको ८४ वटा पालिकाहरूमा ठुलो र सानो आयोजनाहरू राखेर काम गर्न मन्त्रालय लागि परेको भन्दै मन्त्री साहले एक हप्ता भित्रमा किसानहरूको हातमा पैसा जाने प्रकारले दूधको मूल्य बढाउने उद्घोष गर्नुभयो ।

बिगत लामो समय देखि सञ्चालनमा नरहेको कलैया डेरीलाई सञ्चालनमा ल्याउनका लागि प्रक्रिया अगाडी बढाउने उहाँले भन्नुभयो।  किसानहरूलाई मर्का  नपरोस् भन्ने अभिप्रायका साथ उखुमा प्रति क्विन्टल रु २० बढाएको जानकारी दिँदै कृषिजन्य वस्तुहरूको उत्पादन बढाउनका लागि किसानहरूलाई सहुलियत दरमा मल उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त  गर्नुभएको थियो । विकासको मानेमा दलगत स्वार्थ भन्दा माथि उठेर सबै जना एक थलोमा उभिई जिल्लाको विकासका लागि अगाडी बढ्नुपर्ने धारणा मन्त्री साहले ब्यक्त गर्नुभएको थियो ।

बर्खी बजारमा रहेको ३४ कठा जग्गा मन्त्रालय र आयोजनाको मापदण्डमा नै रहेको हुँदा ठाउँ बजार निर्माणका लागि उपयुक्त रहेको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका निर्देशक डाक्टर चन्द्रप्रसाद रिमालले जानकारी दिनुभयो । निर्माण सम्पन्न भए लगतै यस क्षेत्रका उद्योगी, व्यापारीहरूलाई मात्र नभई प्रदेश भरीका सरोकारवाला व्यक्तिहरूलाई ठुलो टेवा पुग्ने आयोजना निर्देशक रिसालले बताउनुभयो ।

 

शुक्रबार, १२ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो