सरकारले  आजबाट  हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन अभियान सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले यही फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म १५ जिल्लामा अभियान सञ्चालन हुने बताउनुभयो ।

डा. दाहालका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली गरी १५ जिल्लाका ८४ लाख ९८ हजार ५०१ जनालाई औषधि खुवाउने लक्ष्य छ ।

सरकारले ६४ जिल्लामा सञ्चालित यो अभियान हाल आएर ४८ वटा जिल्लामा बन्द गरिसकेको छ । बाँकी १४ जिल्लामा औषधि खानयोग्य सबैले औषधि नखाइदिँदा समस्या जीवित छ । साथै हरेक दुई वर्षमा रगत जाँच गरी हेर्दासमेत यी जिल्लामा रोगको दर अपेक्षाकृत रुपमा नघटेकाले यी जिल्लामा पटक पटक औषधि खुवाउन परेको जनस्वास्थ्यविद् रामकुमार महत्तोको भनाइ छ ।

महत्तोले यो औषधि सुरक्षित भएकाले ढुक्कासँग खाना आग्रह गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “रोग लागिसकेकालाई रोगबाट बचाउनका साथै रोग लाग्नबाट बचाउने हुँदा प्रभावित जिल्लाका सबैजनालाई आम औषधि सेवन गर्न आग्रह छ ।”

हात्तीपाइले रोगका लक्षणहरु नदेखिए पनि रोगका परजीवीहरु शरीरमा हुनसक्छन्, यो समस्या भएकाले औषधि खानासाथ रोगका परजीवीहरु मर्ने र भविष्यमा रोग लाग्न नदिने महत्तोको भनाइ छ । महत्तोका अनुसार औषधि सेवन कारण शरीरमा भएका हात्तीपाइलेका परजीवीहरु अरु स्वास्थ्य मानिसको शरीरमा सर्दैनन् । समुदायमा केही व्यक्तिमा रोगका परजीवीहरु छन् र औषधि सेवन गरेमा लामखुट्टेले टोके पनि शरीरमा ती परजीवीहरु सर्न सक्दैनन् ।

औषधि दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु तथा ओछ्यान परेका सिकिस्त बिरामी, मिर्गौला रोगका लागि डायलासिसजस्ता जीवनभर चिकित्सकको निगरानीमा बसेका मानिसलाई औषधि नखान महत्तोको सुझाव छ । औषधि खाली पेटमा नखान चिकित्सकको सुझाव छ ।

आम औषधि सेवन कार्यक्रमका लागि ९ हजार ५ सय स्वास्थ्यकर्मी र १३ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिँदै छ। सन् २०३० सम्ममा नेपालमा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य छ।

बिहिबार, ११ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान