आजदेखि फाइजरको बुस्टर डोज टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगाइने भएको छ । अस्पतालका इमरजेन्सी इन्चार्ज लिलानाथ भण्डारीले बिहान १० बजेदेखि ३ बजेसम्म बुस्टर डोज लगाइने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

हामीले वुस्टर डोज खोप लगाउने व्यवस्था मिलाएका छौं । आजदेखि बुस्टर डोज दिइनेछ ।’ मुख्यतः बुस्टर डोज नपाएर विदेश जाने यात्रुहरु अफ्ठेरोमा परेका थिए, भण्डारीले भन्नुभयो,।

गत सोमबार कोरोना भाइरस संक्रममणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोप सोमबार नेपाल आएको थियो । ‘खोपका लागि ग्लोबल एलायन्स’(गाभी)ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो ।

सोमबार ३ लाख ४५ हजार ६ सय मात्रा खोप आएको हो । यसअघि फागुन १ र फागुन ४ गते ३ लाख ४५ हजार ६ सय मात्राका दरले खोप आएको थियो ।

गाभीले कोभ्याक्स सुविधामार्फत् जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ‘बाइभ्यालेन्ट’खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ । नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ ।

सोमबारसहित बुस्टर डोजका लागि १० लाख ३६ हजार ८ सय मात्रा खोप नेपाल आएको छ । अब ४ लाख ६३ हजार मात्रा खोप आउन बाँकी छ ।

बिहिबार, ११ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान