जिल्लाको सदरमुकाम खाँदबारीमा दोस्रो जिल्लास्तरीय खुल्ला आर्चरीरतीर (धनुवाणरदची हान्ने) प्रतियोगिता हुने भएको छ ।

‘खेलकुदको विकास सँगसँगै संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित फागुन ११ गते  देखि प्रतियोगिता हुने भएको छ । २१५० औं ग्याल्बो ल्होसारको अवसरमा खाँदबारीमा तीन दिने प्रतियोगिता आयोजना गरिएको आर्चरी संघ संखुवासभाका सचिव मिक्मातेम्बा लामाले बताउनुभयो । उहाँले खाँदबारीको रंगशालामा संचालन हुने प्रतियोगिताको तयारीमा जुटेको बताउनुभयो ।

उक्त प्रतियोगिताका विजेताले नगद १ लाख १ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् । भने दोश्रोले नगद ५१ हजार १ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र र ट्रफी र नगद ३० हजार १ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरि चौथोले नगद १५ हजार १ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् ।

ब्यक्तिगत उत्कृष्ट, बढि अंक ल्याउने खेलाडी, अनुशासित, नवप्रतिभा, जेष्ठ खेलाडीहरुले नगद ५ हजार १ सय, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् । संखुवासभाको उत्तरीक्षेत्र भोटखोला क्षेत्रमा खेलिने यो खेल धेरै मानिसहरुले खेलको बारेमा जानकारी होस भनेर गत बर्ष देखी सदरमुकाम खाँदबारीमा आयोजना गर्न शुरुवात गरिएको आर्चरी संघ संखुवासभाका अध्यक्ष पासाङ भोटेले बताउनुभयो ।

उहाँले यो प्रतियोगिता नयाँ जस्तो लागेपनि परम्परागत खेलको संरक्षणमा जुटेको बताउनुभयो । उक्त प्रतियोगिता संचालन गर्न कर्माज्यामु भोटे फाउन्डेसनको प्रायोजन र सेभेन समिट ट्रेकले सहयोग गरेको आयोजकले जनाएको छ ।

 

बुधबार, १० फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !