लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको आन्तरिक परीक्षण भइरहेको छ । पिपुल्स हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको परीक्षण भइरहेको हो ।

आयोजनाको बाँध, विद्युतगृह, सुरङमार्ग सबै क्षेत्रको काम पुरा गरी उपकरण जडानसमेत सम्पन्न गरेर आन्तरिक परीक्षण गरेको कम्पनीले जनाएको छ । अहिले सुरुङलगायताका संरचनाको परीक्षण भइरहेको छ । बाँध र डिसान्डरमा पानी भर्ने काम पनि भइरहेको छ ।

आयोजनाको उपकरण जडान, सुरुङको परीक्षण पूरा भएपछि फागुन मसान्तदेखि उत्पादन परीक्षण र चैतदेखि व्यवसायीक उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले सार्वजनिक गरेको चाुल आर्थिक वर्ष २०७९र८० को दोस्रो त्रैमासको वित्तिय विवरणमा उल्लेख छ ।

आयोजनाबाट यसअघि २०७८ फागुनभित्र उत्पादन गर्ने लक्ष्य थियो । गत असार १ गते राति दोर्दी खोलामा आएको भीषण बाढीले पहुँच सडक तथा आयोजनाको संरचनामा ठूलो क्षति पुर्याउँदा तालिका प्रभावित भएको हो । पछिल्ले तालिकाअनुसार २०७९ फागुनभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ ।

आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत दोर्दी कोरिडोर प्रसारण लाइनको किर्तीपूर सबस्टेसनमा जोडिनेछ । आयोजनाको पहिलो तालिकाअनुसार २०७६ फागुनदेखि नै विद्युत उत्पादन गर्ने तालिका भए पनि भूकम्प, नाकाबन्दी, दोर्दी खोलामा आएको भीषण बाढीको क्षति तथा कोभिड–१९ महामारीको असरले निर्माण प्रभावित हुँदा धकेलिँदै गएको हो ।

कोभिड–१९ को नियन्त्रण गर्न गरिएको लकडाउन र निशेधाज्ञाका कारण निर्माण सामाग्री आयात गर्न नसक्दा तथा कामदार अभावले आयोजनाको निर्माण ६ महिनासम्म सुस्त बनेको थियो । अवस्था सहज हुँदै गएपछि मात्रै फेरि निर्माणलाई गति दिन सकेको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न ८ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिँदा केही बढ्ने देखिएको कम्पनीले जनाएको छ । विद्युत उत्पादन अवधि लम्बिँदा तथा विदेशी विनिमयदरमा भएको वृद्धिले लागत बढ्ने देखिएको छ ।

आयोजनामा सानिमा बैंकको अगुवाइमा ९ वटा बैंकले ५ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । २ अर्ब ४९ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानीे छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लाबासीको २७ करोड रुपैयाँ लगानी छ । सुरुमा यो आयोजना ४९.६ मेगावाट क्षमतामा निर्माण गर्ने तय भएको थियो । पछि आयोजनाको स्तरोन्नति गरेर क्षमता ५४ मेगावाट पुर्याइएको हो ।

बुधबार, १० फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो