मुगु कर्णाली जलाशययुक्त  जलविद्युत् आयोजनाको क्षेत्र निर्धारणको काम सम्पन्न भएको छ । सो कार्यका लागि परामर्शदाता छनोट भएर स्थलगत काम पूरा गरेपछि उक्त विद्युुत् आयोजनाको क्षेत्र निर्धारण काम पूरा भएको हो ।

उक्त विद्युत् आयोजनाको प्रभावित क्षेत्र निर्धारणको जिम्मेवारी पाएको जेट कन्सल्टका वातावरण विज्ञ डाक्टर खडकसिंह महतले विद्युत्  आयोजनाका लागि प्रभावित क्षेत्र निर्धारण कार्यमा स्थलगत रूपमै पुगेर सरोकारवाला पक्षसँग छलफल कार्य सम्पन्न भएको जानकारी दिनुभयो । आयोजनाको प्रभावित क्षेत्रका लागि कर्णालीका चार र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला गरी पाँचवटा जिल्लाका एक नगरपालिका र ११ वटा गाउँपालिका छनोटमा परेका थिए ।

आयोजनाबाट प्रभावित हुने जिल्लाअनुसार गाउँपालिकामा हुम्ला जिल्लाको सर्केगाड, अदानचुली र ताँजाकोट गाउँपालिका रहेका छन् भने बाजुुरा जिल्लाका हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिका रहेका छन् । त्यसैगरी मुगु जिल्लाका खत्याड र सोरु गाउँपालिका, कालीकोटको पताला गाउँपालिका र जुम्लाका कनका सुन्दरी र सिञ्जा गाउँपालिका रहेका छन् । यी सबै गाउँपालिकाका प्रभावित वडाका बासिन्दासँग  पाँचवटै जिल्लाका जिल्लास्तरका सरोकारवाला पक्षसँग राय, सल्लाह र सुुझाव लिने कार्यक्रम सम्पन्न भएको खडकसिंहले बताउनुुभयो । स्थलगत रूपमा गरिने कार्य सम्पन्न भएकाले परामर्शदाता कम्पनीले क्षेत्र निर्धारणको प्रतिवेदन फागुन अन्तिम हप्तासम्म विद्युत् विकास विभागलाई पेस गर्नेछ । त्यससँगै उक्त विद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन कार्यसमेत पूरा हुनेछ ।

यस आयोजनाको ड्याम पिलुुचौरमा निर्माण गरिनेछ । आयोजनाका अनुसार ड्याम २८५ मिटर अग्लो हुनेछ । ड्यामकै आसपासमा आयोजनाको पावर हाउस निर्माण हुने र त्यसका लागि पनि हाल अध्ययन भइरहेको छ ।  आयोजना कार्यान्वयनमा आए एक हजार ९०२  मेगावाट विद्युत् उत्पादन हुनेछ । जुन कर्णालीको सबैभन्दा ठूलो विद्युत् आयोजनामध्येको एक हुनेछ । सबै चरण पूरा भएपछि स्रोतको व्यवस्था भए १० वर्षपछि मात्र निर्माण सुुरु हुनेछ ।

बुधबार, १० फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो