बागमती प्रदेशमा श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले हेटौँडा सिमेन्ट उद्योगले हेटौँडा कपडा उद्योगको जस्तो अवस्था बेहोर्न नहुने बताउँनुभएको छ ।

समग्र उद्योग ट्रेड यूनियन हेटौँडा सिमेन्ट उद्योगको १६ औं अधिवेशनमा बोल्दै मन्त्री श्रेष्ठले सो कुरा बताउँनु भएको हो ।

हेटौँडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर काम गर्नुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । हेटौँडा सिमेन्ट उद्योगमा रहेका समस्यालाई सुधार गर्दै बजारमा आएका प्राईभेट उद्योगसँग प्रतिस्पर्धी गर्ने क्षमता बिस्तार गर्नुपर्ने हाँनी बताउँनु हुन्छ ।

‘स्वर्णिम इतिहास बोकेर अघि बढेको उद्योगको के-कस्ता पक्षलाई सुधार गर्नसके उद्योग नियमित सञ्चालन हुन्छ, प्रतिस्पर्धामा उत्रनसक्छ भन्ने विषयमा उद्योगसँग सम्वन्धित पक्षबाट राज्यलाई पनि झकझकाउनु पर्छ, सरकारी मातहतका उद्योगले कम नाफा कमाएर सेवामा ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

हेटौँडा सिमेन्ट उद्योगले हेटौँडालाई देशभर औद्योगिक नगरको रुपमा चिनाएको भन्दै उहाँले सिमेन्ट उद्योगलाई जोगाएर प्रतिस्पर्धी बनाउन प्रदेश सरकारले सहकार्य गरेर अघि बढने बताउनुभयो ।

यस्तै, प्रदेश सरकारले उद्योगमा श्रमिकहरुले बेहर्नपरेको समस्यालाई समाधान गर्न श्रमिकमैत्री नीतिहरु अवलम्वन गर्ने भन्दै श्रम तथा रोजगारको विषयमा प्रदेश सरकारले चासोपुर्वक कामहरु अघि बढाउने पनि श्रेष्ठले बताउँनु भएको छ ।

मङ्लबार, ९ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो