चिलिमे जलविद्युत कम्पनीको मातहतमा निर्माणाधीन २७० मेगावाटका जलविद्युत आयोजनाको विद्युत २०८० असारभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएका छन् । रसुवा र सिन्धुपाल्चोकमा निर्माणाधीन ४ आयोजनाको विद्युत प्रसारण प्रणालीमा थपिन लागेका हुन् ।

कम्पनीको सहायक कम्पनीमार्फत निर्माणाधीन १४.८ मेगावाटको माथिल्लो, ४२.५ मेगावाटको सान्जेन, १११ मेगावाटको रसुवागढी र १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाले ५ महिनाभित्र उत्पादन सुरु गर्न लागेका हुन् ।

रसुवामा सान्जेन जलविद्युत कम्पनीद्धारा निर्माणाधीन माथिल्लो सान्जेनले भने आगामी चैतभित्र नै उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । ९९ प्रतिशत सिभिल निर्माण पूरा भएको आयोजनाको समग्र प्रगति ९६ प्रतिशत भएको कम्पनीले जनाएको छ ।

यही कम्पनीको ४२.५ मेगावाटको सान्जेनको पनि भने ९३ प्रतिशत काम सकिएको छ । यो आयोजनाले भने २०८० असारभित्र उत्पादन थाल्ने लक्ष्य राखेको छ ।

सान्जेन निर्माण सम्पन्न गर्न ५ अर्ब २ करोड ४२ लाख र माथिल्लो सान्जेनका लागि २ अर्ब २१ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको पनि निर्माणमा भएको ढिलाई, डलर मूल्यवृद्धि र मुद्रास्फीति र अन्य कारणले गर्दा लागत बढ्ने कम्पनीले जनाएको छ ।

यही जिल्लामा रसुवागढी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको रसुवागढी आयोजनाको काम पनि ९४ प्रतिशत पूरा भएको छ । यो आयोजना पनि असारभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । यो अवधिमा निर्माण सम्पन्न गर्न ब्याज बाहेक १७ अर्ब १ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसीको काम ९५ प्रतिशत पूरा भएको छ । यसले असारभित्र उत्पादन सुरु गर्नेछ । आयोजना सम्पन्न गर्न १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ थियो । आयोजनाको लागत अनुमान गरिएभन्दा साढे २ अर्ब बढी लाग्ने कम्पनीको अनुमान छ । निर्माणाधीन आयोजनाको सुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक .१५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।

चिलिमेको अहिले २२.१ मेगावाटको चिलिमे जलविद्युत केन्द्र सञ्चालनमा छ ।

मङ्लबार, ९ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो