सुनसरी–मोरङ औद्योगिक कोरिडोर ‘लाइट लोड’को समस्यामा परेका छन् । आन्तरिक उत्पादन र आयात गरिएको विद्युत्ले धान्न नसक्दा यस क्षेत्रका उद्योगलाई ‘लाइट लोड’ सेड्युल तोकिएको हो ।

नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काका अनुसार तालिकासहितको लोडसेडिङ गर्नुपर्ने स्थिति नभए पनि ठूला उद्योगमा ‘लाइट लोड’ गरिएको छ । बिहान र साँझ उद्योगलाई दुई घण्टा ‘लाइट लोड’मा रहन भनिएको खड्काले जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरण दुहबी शाखाका प्रबन्धक राजेश रेग्मीले भारतको कटौयाबाट आइरहेको ११५ मेघावाट विद्युत् तीन महिनायता अवरोध हुने गरेको जानकारी दिनुभयो । यसैका कारण पूर्वका उद्योगमा विद्युत् आपूर्ति समस्या समाधान हुन नसकिरहेको रेग्मीको दाबी छ । कटैया प्रसारण लाइनमा समस्या भएपछि ढल्केबर–मिर्चैया प्रसारण लाइनबाट दुई सय मेगावाट विद्युत् पूर्व आइरहेको छ ।

यसैबाट लहानले ३०, मिर्चैया ३० र रुपनी २५ मेगावाट खपत हुने गरेको छ । कोसीपूर्व ११५ मेगावाट विद्युत् आउने गरे पनि काबेली जलविद्युत् आयोजनाको उत्पादन खस्किएपछि आपूर्ति प्रणालीमा समस्या थपिएको हो ।

भारतको कटैयाबाट आपूर्ति हुने विद्युत् तीन महिनायता अवरोध भएपछि कोरिडोरका ठूला उद्योगलाई समस्या परेको छ । उद्योगीले अघोषित लोडसेडिङ हुँदै आएकाले उत्पादनमा समस्या भइरहेको गुनासो गरेका छन् ।

विद्युत् आपूर्तिमा समस्या हुँदा त्यसको मार प्लास्टिक, स्टिल र सिमेन्ट उद्योगमा धेरै पर्ने गरेको छ । कोरिडोरमा यी तीन प्रकारका उद्योगले धेरै विद्युत् खपत गर्ने गरेका छन् । कच्चा प्रशोधनका क्रममा विद्युत् आपूर्ति अकस्मात् रोकिए घानीको वस्तु स्क्रापमा परिणत हुने दाबी छ ।

लोटस इन्डस्ट्रिजका सञ्चालक एवं उद्योग सङ्गठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले विद्युत् अवरोधको कुनै निश्चित समय नहुँदा मार खेप्नु परेको गुनासो गर्नुभयो ।

प्राधिकरणले विद्युत् अवरोधको सेड्युल नदिएका कारण चल्दाचल्दै गरेका मेसिन रोकिने अवस्था आएको उद्योगी राठीको भनाइ छ । राठीले विद्युत् नियमित हुन नसक्ने स्थिति देखिए उत्पादन कटौतीको अवस्थामा जानुपर्ने बताउनुभयो । अहिले विद्युत् नआउने क्रम बढेपछि प्लास्टिकजन्य कच्चा पदार्थ घानीमा लगाउनुअघि प्राधिकरणसँग बुझ्नुपर्ने स्थिति आएको राठीको दाबी छ ।

प्रिमियर स्टिलका सञ्चालक सौरभ शारडाले दैनिक बिहान र बेलुका छ घण्टासम्म विद्युत् अवरोध खेप्नु परेको गुनासो गर्नुभयो तर प्राधिकरणले भने समय तालिकाअनुसारको आपूर्ति प्रणालीमा अवरोध नभएको दाबी गरेको छ । मेन्टिङमा आधारित स्टिल उद्योगलाई कच्चा पदार्थ प्रशोधनमा समस्या भइरहेको गुनासो छ । कोरिडोरका प्रिमियर, पशुपति र स्वस्तिक उद्योग मेल्टिङमा आधारित छन् ।

प्राधिकरणले समय निश्चित गरेर विद्युत् कटौती गर्नुपर्ने माग उद्योगीको छ । निश्चित समय तालिका दिए त्यसले उद्योगका उत्पादनदेखि व्यवस्थापनसम्मलाई सहज बनाउने धारणा उद्योगीको छ ।

मङ्लबार, ९ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो