पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०२३ हुने भएको छ ।

सोमबार नेपाल स्थित पाकिस्तानी दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मार्च १० देखि १८ (फागुन २६ देखि चैत ४) सम्म काठमाडौंमा सो क्रिकेट प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।

दूतावासका अनुसार यो आठौं संस्करणको क्रिकेट प्रतियोगिता हुन लागेको हो । दूतावासले प्रत्येक वर्ष नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता गर्दै आइरहेको छ । पत्रकार सम्मेलनमा दूतावासका कार्यवाहक राजदूत (चार्ज डी अफेयर्स) उमैंर अलीले विगतका वर्ष झैँ यस वर्ष पनि उक्त प्रतियोगिताको आयोजना गर्न लागेको भन्दै यसले नेपालका क्रिकेट प्रेमीका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले स्वस्थ समाजका लागि खेलको निकै महत्व रहेको भन्दै यो प्रतियोगिताले नेपाली क्रिकेटकलाई प्रवद्र्धन गर्न निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अलीले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ एवं सुमधुर बनाउनका लागि प्रतियोगिताले अझ सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो  ।त्यसैगरी पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्रतियोगिता युवा क्रिकेट खेलाडीका लागि एउटा महत्वपूर्ण अवसर भएको बताउनु भयो । खड्काले यस प्रतियोगिताले युवा खेलाडी तथा राष्ट्रिय टोलीमा नपरेका खेलाडीलाई मौका मिल्ने उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा विजेताले प्राप्त गर्ने ट्रफी पनि सार्वजनिक गरिएको थियो । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने छ ।

सोमवार, ८ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !