वडाध्यक्षको पहलमा मुसहर बालबालिकाका लागि ट्युसन कक्षाको व्यवस्था गरिएको छ। सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिकाका एक वडाध्यक्षले आफ्नै पहलमा मुसहर बालबालिकाका लागि ट्युसन कक्षा सञ्चालन गरेका छन्।

औरही गाउँपालिका– ४ इँटाटारका वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवले विपन्न मुसहर बालबालिकाको शिक्षामा पहुँच बढाउन पछिल्लो करिब एक महिनादेखि वडा कार्यालयमा स्वयंसेवक शिक्षकमार्फत ट्युसन कक्षा चलाएका हुन्।

गाउँपालिकामा वडा क्षेत्रको बाल विकास तथा अनौपचारिक शिक्षाका लागि साढे चार लाख रुपैयाँ विनियोजन गरिएको भए पनि ट्युसन कक्षा सञ्चालनसम्बन्धी कार्यविधि नभएकाले तत्काललाई रकम निकासा नगरिएपछि वडा कार्यालयको बरन्डामा ट्युसन कक्षा सञ्चालन गरेका हुन्।

गाउँपालिका कार्यालयले दलित बस्तीमा ट्युसन कक्षा सञ्चालनसम्बन्धी कार्यविधि बनाएर दलित बालबालिकाको शिक्षामा पहुँच बढाउन पहल गर्ने अपेक्षा रहेको उहाँले बताउनुभयो।

‘निर्वाचनमा वडा क्षेत्रका दलित बालबालिकाको शिक्षाको अवस्था उकास्ने मुख्य प्रतिबद्धता थियो,’ वडाध्यक्ष यादवले भन्नुभयो, ‘निर्वाचित भएपछि आर्थिक वर्ष ०७९/८० को बजेटमा साढे चार लाख रुपैयाँ पनि छुट्याइयो, तर कार्यविधि नहुँदा रकम निकासा रोकिँदा पनि आफ्नै पहलमा ५५ जना मुहसर बालबालिकाका लागि ट्युसन कक्षा चलाएँदै आएको छु।’

उहाँका अनुसार स्वयंसेवक शिक्षकको रूपमा गणित विषयमा स्नातक उत्तीर्ण गरेका गाउँकै दलित युवक रामवृक्ष पासवानमार्फत सञ्चालन भइरहेको ट्युसन कक्षामा सार्वजनिक बिदाबाहेक हरेक दिन बिहान ७ देखि ९ बजेसम्म आधारभूत सिकाइसम्बन्धी कुरा सिकाउने गरिन्छ।

ट्युसन कक्षा पढेर घर फर्किएका बालबालिकालाई खाना खाइवरी विद्यालयसम्म पुर्‍याउने जिम्मेवारी पनि स्वयंसेवक शिक्षकले नै गरिरहेको उहाँले बताउनुभयो।

सबै दलित बस्तीमा कक्षा चलाउने योजना

औरही गाउँपालिका– ४ वडा क्षेत्रमा पर्ने तीनवटा आधारभूत तहका सामुदायिक विद्यालयमा दलित बालबालिकाको संख्या उल्लेख्य भए पनि पठनपाठन प्रभावकारी नहुँदा दलित बालबालिका त्यसमा पनि मुसहर बालबालिकाको विद्यालय बहिर्गमन बढिरहेको पाइएपछि तत्काल एक ठाउँबाट भए पनि ट्युसन कक्षा सञ्चालन गरिएको उहाँको भनाइ छ।

‘वडा क्षेत्रमा पर्ने लवटोली पासवान टोल, इँटाटार, रामटोल, मुसहरटोल, कमलपुर, दासटोलका बालबालिकालाई लक्षित गरेर सबै ठाउँमा ट्युसन कक्षा चलाउने योजना छ,’ उहाँले भन्नुभयो, ‘तत्काल वडा कार्यालयछेउमै रहेको मुसहर बस्तीलाई लक्षित गरी सञ्चालन गरिएको छ।’

ट्युसन कक्षाबाहेक वडा क्षेत्रमा पर्ने सामुदायिक विद्यालय खुलेको दिन प्रायः कुनै न कुनै विद्यालयमा पुगेर विद्यार्थीसँग अन्तक्रिया गरी सिकाइ उपलब्धि जाँचेर शिक्षकलाई आवश्यक सल्लाह–सुझाव दिइरहेको वडा सदस्य परमेश्वर यादवले बताउनुभयो।

सोमवार, ८ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !