निजी तथा सरकारी ऊर्जा उत्पादकहरूले अध्ययन पुरा गरेका डेढ दर्जन जलविद्युत आयोजनाले निर्माण अनुमति पाएका छन् । अध्ययन पुरा भएका १७ जलविद्युत आयोजनाले विद्युत विकास विभागबाट निर्माण अनुमतिपत्र पाएका हुन् ।

विभागका अनुसार २०७९ साउनदेदेखि माघसम्मको अवधिमा ५१८.८ मेगावाटका १७ जलविद्युत आयोजनाकाे नाममा उत्पादन अनुमतिपत्र जारी गरिएको छ । अनुमति पाउनेमा सबैभन्दा ठुलो ताप्लेजुङमा अध्ययन पूरा भएकाे ७७.५ मेगावाटकाे घुन्सा खाेला रहेकाे छ । रेमिट हाइड्रो लिमिटेड प्रवर्द्धक रहेकाे आयाेजनाले साउन ४ गते अनुमति पाएकाे हाे ।

यस्तै, यही जिल्लामा सिम्बुवा रेमिट हाइड्रो लिमिटेले अध्ययन सम्पन्न गरेकाे ७०.३ मेगावाटकाे सिम्बुवा खाेलाले पनि साउन २३ गते अनुमति पाएकाे छ । ६५ मेगावाटकाे दुधखाेलाले पनि २५ गते अनुमति पाएकाे छ । याे आयाेजना सिता हाइड्रो पावर कम्पनीले अघि बढाएकाे हाे ।

एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट प्रालिले अध्ययन पुरा गरेको ४४ मेगावाटको सानी भेरी जलविद्युतले २०७९ माघ १२ गते निर्माण अनुमति पाएको हो ।कास्कीमा ४३ मेगावाटको अप्पर मादी जलविद्युत आयोजना निर्माण गर्न अन्नपुर्ण पावर कम्पनी लिमिटेडले अनुमतिपत्र पाएको छ । यो आयोजनाले २०७९ भदौ ३० गते निर्माण अनुमति पाएको थियो ।

यसैगरी, ४० मेगावाटको भोटेकोसी–१, २१ मेगावाटको जल्दी गाड, १५ मेगावाटको मिडिल त्रिशुली गंगा नदी, १३ मेगावाटको मिडिल मैलुङ (क्यास्केड), २१ मेगावाटको आयु मलुन खोला, १५ मेगावाटको अप्पर काबेली-२, ३० मेगावाटको पलुन खोलम-१, २१ मेगावाटको पलुन खोला स्मल, २४ मेगावाटको लुजा खोला, ४.९ मेगावाटको अप्पर पिखुवा खोला र ९.३ मेगावाटको सिवाखोला जलविद्युत आयोजनाले निर्माण अनुमति पाएका छन् ।

निर्माण अनुमति पाएका आयोजनामध्ये सबैभन्दा सानो ३.३ मेगावाटको स्यार्पु जलविद्युत आयोजना रहेको छ । स्यार्पु पावर कम्पनी लिमिटेडले अध्ययन पुरा गरेको उक्त आयोजनाले पुस २० गते निर्माण अनुमति पाएको हो ।

सोमवार, ८ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो