snªsL :joDe” ;8s sf7df8f}F, !! r}t . ljZje/ km}lnPsf] sf]/f]gf efO/; -sf]le8–!(_ sf] ;+qmd0f Go”gLs/0f ug{ ;/sf/n] dªunaf/b]lv u/]sf] …ns 8fpgÚ sf sf/0f ;”g;fg snªsL b]lv :joDe” ;Ddsf] ;8s If]q . t:jL/ M k|bLk/fh jGt, /f;; . t:jL/ M k|bLk/fh jGt, /f;;

चिनियाँ पक्षले मुख्य ‘लेन’मा निर्माण सुरु नगरेपनि सरकारले चक्रपथको कलङ्की–बसुन्धारा खण्डमा सहायक ‘लेन’मा सडक निर्माण थालेको छ । सडक बनाउन चीन सरकारसँग सम्झौता भइसकेपनि निर्माणस्थल पूरै खाली नभएकाले मुख्य ठाउँमा काम थालिसकेको छैन । चीनको सहयोगमा बनाइने मुख्य आठ लेनभन्दा बाहिरपट्टिको लेनमा सडक निर्माण अघि बढाइएको हो । चिनियाँ पक्षले काम शुरु नगरेकाले सरकारले गर्नुपर्ने खण्डमा पहिले सुरु गरिएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।

चक्रपथको बाहिरी लेनमा ढल हाल्ने काम भइरहेको योजनाकी प्रमुख सजना अधिकारीले बताउनुभयो । मुख्य लेनको २५/२५ मिटर बाहिर सडकको दुबैतर्फ छ÷छ मिटरमा कालोपत्रे गर्न सम्झौता भएको थियो । आगामी वर्ष फागुनसम्म काम सक्ने लक्ष्य छ ।

अहिले कलङ्कीबाट बसुन्धारासम्म बाहिरी लेन (सर्भिस ट्र्याक) निर्माण गर्ने गरी ठेक्का भएको छ ।  चक्रपथको पहिलो खण्डमा नेपाल सरकारले सबैभन्दा बाहिरी लेन कालोपत्रे गर्ने गरी सम्झौता भएको थियो । पहिलो खण्डमा अझै बालकुमारीलगायत थोरै खण्डमा सडक बनिसकेको छैन । पहिलो चरणको चक्रपथ विस्तारमा चिनियाँ सरकारले सडक निर्माण सम्पन्न गरेपनि मात्रै ‘सर्भिस ट्रयाक’ सुरु भएको थियो । अहिले भने मुख्यभन्दा सहायक लेन पहिले निर्माण गर्न लागिएको हो । पहिलो चरणको विस्तारमा सरकारले तीन आकाशे पुल निर्माण गरेको थियो ।

त्यो अपुग भएपछि सरकारले आवश्यकताका आधारमा आकाशे पुल निर्माण गरेको थियो । चिनियाँ पक्षले सडक निर्माणको क्रममा आकाशे पुल निर्माण गरेपछि अपुग भएमा पछि सरकारले बनाउन सक्ने प्रमुख अधिकारीले बताउनुभयो । सडक निर्माण सकिँदा नसकिँदै खन्ने प्रवृत्ति पुनरावृत्ति भइरहँदा योजनाले सकेसम्म समन्वय बढाएर सडक निर्माण गर्न लागेको प्रमुख अधिकारीले बताउनुभयो ।

कलङ्की–बसुन्धारा खण्डमा अहिले योजना आफैँले ढल हालिरहेको छ भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र आयोजना कार्यान्वयन निर्देशनालयले पाइप विच्छाउने काम गरिरहेका छन् । उहाँले भन्नुभयो, “सकेसम्म खन्न नपर्ने गरी हाल्न लागिएको छ ।”पहिले सडकको बीचमा खानेपानी पाइप रहेकामा अहिले छेउबाट मात्रै राखिएको प्रमुख अधिकारीले बताउनुभयो । कतैकतै क्रसिङमा मात्रै बीचको लेन भएर पाइप लैजाने उहाँले बताउनुभयो ।

सो खण्डमा सडक निर्माणका लागि निर्माणस्थल खाली गराउन रुख काट्ने, खानेपानीको पाइप, विद्युत्को पोल हटाउन काम सकिएको छ । उहाँले भन्नुभयो, “पोल ग्रिन बेल्टमा पर्ने हुँदा सार्न पर्ने हुँदैन र काम अघि बढाउन सकिन्छ ।” सामान्यतया पहिलो खण्डजस्तो हुने भने पनि अहिलेसम्म कस्तो डिजाइनमा निर्माण हुने टुङ्गो लागिसकेको छैन । साइकल लेन निर्माणलगायतका केही कुरा फरक हुनसक्ने छ । मुख्य सडक निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफल अघि बढाएको छ ।

उपप्रधानमन्त्री तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले हालै चिनियाँ राजदूतसँग चक्रपथ सडक चाँडो सम्पन्न गर्न आग्रह गर्नुभएको थियो । सरकारले चक्रपथको दोस्रो चरणमा कलङ्कीबाट चाबहिल नजिकै धोबीखोलासम्म विस्तारका लागि अनुरोध गरेपनि हाल बसुन्धारासम्मको सडक चीन सरकारको सहयोगमा विस्तार हुने आयोजनाकी प्रमुख अधिकारीले बताउनुभयो । कलङ्कीबाट बसुन्धारासम्म सडक निर्माणको लागि सम्झौता भएको थियो ।

उहाँले भन्नुभयो, “महाराजगञ्जको जग्गा उपलब्ध नहुँदा त्यसभन्दा अघि गर भन्न सकिने अवस्था भएन । त्यहाँसम्म अर्को चरणमा हुनसक्छ ।” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले चिनियाँ पक्षले निर्माणस्थल खाली नै नभएसम्म निर्माण सुरु नगर्ने हुँदा दोस्रो खण्डमा मुख्य लेनमा विस्तार सुरु नभएको बताउनुभयो । सरकारले वा अरु दातृ निकायको भए यही अवस्थामा निर्माण सुरु गर्ने भए पनि चिनियाँ पक्षले चक्रपथको पहिलो खण्डमा विस्तार हुँदा सडक खाली हुन ढिलाइ भएको देखेर अहिले पूरै खाली नभएसम्म सुरु नगरेको बताउनुभयो ।

पहिलो खण्ड निर्माण गर्दा एउटा पोल हटाउन पनि छ महिना लागेकाले ढिलाइ भएको उहाँको भनाइ थियो ।  उहाँले भन्नुभयो, “चिनियाँ राजदूतलाई सबै कुरा भनेको र हाम्रो सन्दर्भमा गर्न भनेका छौँ र उताबाट पनि यसलाई लिखित पत्र माग्नुभएको छ ।” चक्रपथको पहिलो खण्डका रुपमा सरकारले कोटेश्वर–कलङ्की खण्ड पाँच वर्ष पहिले आठ लेनमा विस्तार गरेको थियो । सो विस्तारपछि अहिले मुख्यमुख्य चोकमा बाहेक सवारी चापका समस्या छैन । दोस्रोचरणको  विस्तारको तयारी सुरु भएको तीन वर्ष वित्दासमेत अझै मुख्य सडक पूरै खाली भइसकेको छैन । रासस

सोमवार, ८ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो