साढे दुई लाख अवलोकनकर्ताका साथै पाँच करोड रुपियाँको कारोबार गर्दै राजधानीमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पोडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताउनुभयो ।

मेलाले देशभरकै उद्यमीहरुलाई आफ्ना उत्पादनको प्रचार प्र्र्र्रसारमा सहयोग पु¥याउने भन्दै “देशमै रोजगारी सिर्जना र कृषिजन्य उत्पादनको आधुनिकीकरणमा मेला उपयोगी हुनेछ उहाँले भन्न्ुभयो,।” घरेलु उद्यमी तथा उनीहरुका उत्पादनलाई बजारीकरण गर्ने कार्यमा नेपाल सरकार अर्थ मन्त्रालय सहयोग गर्न सधै तयार रहेको अर्थमन्त्री पौडेलको भनाई थियो ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मेला आयोजना गर्न विभिन्न कठिनाई रहँदा रहँदै पनि उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल तथा उद्यमीहरुको सहयोग गर्ने आश्वासनले मेलाको आयोजना गरिएको बताउनुभयो । मेलाले देशभरकै उत्पादन प्रवद्र्धनमा सहयोग पु¥याउने उहाँले बताउनुभयो । सरकार स्वदेशी उत्पादन तथा बजारीकरणमा सहयोग पु¥याउन गम्भिर भएर लाग्नुपर्ने उहाँको भनाई थियो ।

 

आइतवार, ७ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो