सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशमा लोपोन्मुख रहेको रैथाने बाली संरक्षण गर्न थालेको छ ।

प्रदेशमा पाइने रैथाने बाली चिनु, कागुनो, फापर, कोदो, जौं र थारु आलु लगायतका बाली लोपोन्मुख अवस्थामा रहेकाले त्यसको संरक्षण गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु अघि बढाएको हो। पछिल्लो समय यसको माग बढेपछि संरक्षण अभियानमा प्रदेश सरकारसँगै कृषक पनि जुटेका छन् ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा लोपोन्मुख रहेका रैथाने बाली संरक्षण गर्न विभिन्न कार्यक्रम गर्न थालिएको छ । प्रदेशमा पाइने रैथाने बाली चिनु, कागुनो, फापर, कोदो, जौं र थारु आलु लगायतका बाली अहिले लोपोन्मुख अवस्थामा रहेका छन् ।

पछिल्लो समय यसको माग बढेपछि संरक्षण अभियानमा प्रदेश सरकारसँगै कृषक पनि जुटेका छन् । रैथाने बालीहरुको संरक्षण र बजारीकरणका लागि अघि बढेको डोटीको जोरायल गाउँपालिकास्थित गैरामा रहेको जैविक विविधता सहकारी संस्थाका अध्यक्ष कविराम डाँगीले बताउनुभयो ।

प्रदेशमा प्रदेश सरकार आफैले पनि रैथाने बाली संरक्षणका लागि पहल थालेको छ । लोपोन्मुख रैथाने बाली संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रममै समेटेर अगाडी बढिरहेको छ ।

कृषकलाई रैथाने बाली उत्पादन गर्न अनुदान दिनुका साथै उत्पादित बालीको बजारको सुनिश्चितताका लागि काम गरिरहेको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव डा. मदन सिंह धामीले बताउनुभयो ।

रैथानी बाली संरक्षणका लागि कोदो, चिनु, कागुनाे, फापर, सिमी र आलु उत्पादन गर्न अनुदानका कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । उत्पादित रैथाने बाली विगतको भन्दा धेरै मात्रामा उत्पादन हुन समेत थालेको छ ।

रासायनिक मल र विषादीको प्रयोग न्यूनिकरण गर्दै प्राङ्गगारिक रुपमा रैथाने बाली संरक्षणका कार्यक्रमहरु सञ्चालन गरिरहेको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताउनुभयो ।

लोप हुन लागेका रैथाने बालीको पहिचान, वृद्धि, बीउ बैंक स्थापना, प्रदर्शनी, होटल, होमस्टे सञ्चालकलाई रैथाने बालीका परिकार बनाउने तालिम, जैविक विविधता मेला, रैथाने बालीको महत्व बुझाउने, बजारीकरण र कृषि यन्त्र खरिदमा अनुदान दिने जस्ता कार्यक्रमहरु प्रदेश सरकारबाट सञ्चालन हुँदै आएका छन् ।

आइतवार, ७ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो