नेपालमा यस वर्षको छ महिनामा २३ करोड १५ लाख रुपैयाँबराबरको केरा आयात भएको छ ।

भन्सार विभागका अनुसार सरकारले साउनदेखि पुस मसान्तसम्मको अवधिमा ६६ हजार मेट्रिक टन केरा आयात गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रालयको अर्धवार्षिक प्रगति समीक्षा सार्वजनिक गर्दै नेपालमा ३ लाख २४ हजार मेट्रिक टन केरा स्वदेशी किसानहरूले उत्पादन गरिरहेको तथ्यांक सार्वजनिक गरेको छ । तथ्याङ्कअनुसार नेपाललाई त्यस अवधिमा ३ लाख ९० हजार मेट्रिक टन केराको आवश्यकता रहेको थियो ।

जसअनुसार कूल आवश्यकताको ८३ दशमलव ०३ प्रतिशत मात्र आन्तरिक उत्पादनले धान्दछ भने कूल आवश्यकतामा आयातको हिस्सा १६ दशमलव ९७ प्रतिशत रहेको छ ।

उक्त सार्वजनिक तथ्यांकअनुसार नेपालमा केरा आयातको दर घट्दो देखिन्छ । गत आर्थिक वर्ष २०७८/०७९ को छ महिनामा ९० करोड ५३ लाख रुपैयाँको केरा आयात भएकामा चालू आवको छ महिनामा २३ करोड १५ लाख रुपैयाँको आयात भएको छ । जुन अघिल्लो वर्षको यस अवधिमा भएको आयातभन्दा ७४ दशमलव ४ प्रतिशतले कम हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार नेपालका चितवन, रौतहट, नवलपरासी पश्चिम र बर्दियामा जोन बनाएर केरा खेती गरिँदै आएको छ । परियोजनाअन्तर्गत ३ हजार १ सय ७८ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ ।

यस्तै, पछिल्लो छ महिनाको अवधिमा ३ लाख ४० हजार मेट्रिक टनबराबर ५ अर्ब ३९ करोड मूल्यको आलु आयात भएको छ । १८ अर्ब ६३ करोडको धान/चामल, ६ अर्ब ६० करोडको मकै, ६६ करोडको गहुँ, १ अर्ब ५ करोडको सुन्तलाजात, २ अर्ब ६९ करोडको प्याज र ३ अर्ब ४९ करोडको स्याउ आयात भएको छ ।

 

आइतवार, ७ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो