चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिनामा थप १८१ मेगावाट बिजुली उत्पादन भई राष्ट्रिय प्रणाली (ग्रिड) मा जोडिएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक समीक्षाअनुसार साउनदेखि पुस मसान्तसम्म सो बराबरको बिजुली उत्पादन भएको हो ।

योसँगै कुल विद्युत् क्षमता २ हजार ४५१ मेगावाट पुगेको छ । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरण, सहायक कम्पनी र निजी क्षेत्रले बिजुली उत्पादन गरिरहेका छन् ।

निजी क्षेत्रले हालसम्म १७०० मेगावाट बिजुली उत्पादन गरेको दाबी गरेको छ भने बाँकी बिजुली विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले बिजुली उत्पादन गरेका हुन् ।

त्यस्तै, ६ महिनाको अवधिमा ६६ केभीभन्दा बढीको प्रसारण लाइन १५२ किलोमिटर र ३३ केभी प्रसारण लाइन १०० किमी विस्तार भएको छ ।

समीक्षा अवधिमा १ हजार ५८ गिगावाट घन्टा विद्युत् निर्यात भएको छ ।

सोमवार, १ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो