नेपाल विद्युत् प्राधिकरणका मिटर रिडरहरूले प्राधिकरणको प्राङ्गढमा धर्ना तथा आमरण अनसन थालेका छन् । मिटर रिडर संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका उनीहरुले ज्यालादारी वृद्धि हुनुपर्ने, गोटा पद्दती खारेज गरी दैनिक ज्यालादारी बनाउनुपर्ने लगायत माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

हाल देशभर रहेका ६२३ जना ‘गोटा गन्ती’का मिटर रिडरलाई ज्यालादारीका रुपमा राख्नुपर्ने उनीहरुको माग छ । हाल रिड गरेको मिटरको संख्याअनुसार उनीहरुले ज्याला पाउने गरेकोमा यो पद्दती हटाएर दैनिक रुपमा गर्नुपर्ने उनीहरुको माग छ । यसअघि आफ्ना मागबारे ध्यानाकर्षण पत्र बुझाए पनि प्राधिकरणले कुनै सुनुवाई नगरेको भन्दै उनीहरुले आमरण अनुसन सुरु गरेका हुन् । मिटर रिडर संघर्ष समितिका अध्यक्ष श्याम अधिकारीले अन्तिम विकल्पका रुपमा आमरण अनुसन सुरु गरेको बताउनुभयो । ‘यो हाम्रो रहर होइन बाध्यता हो, प्राधिकरणकै कर्मचारी भएता पनि हामीलाई विभेद गरिएको छ’ उहाँले भन्न्भयो ।

गोटाबाट ज्यालादारी व्यवस्थापन गर्दा आजीवन बर्खास्त नगर्ने ग्यारेन्टी गर्नुपर्ने, मिटर रिडरको संख्या किटानी गर्नुपर्ने, सार्वजनिक बिदा बाहेक एक वर्षमा १२ दिनसम्म भैपरी र ६० दिन सुत्केरी बिदा दिनुपर्ने, कार्य प्रकृति अनुसार सिटमा काम गरेवापतको अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने समितिको माग छ । प्राधिकरणको कामको सिलसिलामा दुर्घटनामा परेमा उपचार खर्चको व्यवस्था गर्न, प्राधिकरणको निर्माणाधीन आयोजनाको सेयर मिटर रिडरहरूलाई पनि अन्यसरह व्यवस्था गर्नुपर्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।

सोमवार, १ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो