निजी क्षेत्रको स्वदेशी लगानीबाट सोलुखुम्बुमा निर्माण भएको मुलुककै सबैभन्दा ठूलो ८६ मेगावाट क्षमताको सोलु-दूधकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

हाइड्रो भेन्चर प्रालिले साहस ऊर्जा कम्पनी लिमिटेडको शतप्रतिशत लगानीमा निर्माण सम्पन्न गरेको उक्त आयोजनाले अघिल्लो सातादेखि परीक्षण उत्पादन शुरु गरेको थियो ।

सबै उपकरणहरूको परीक्षण सफल भएपछि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले जानकारी दिनुभयो ।

विद्युत् गृहदेखि लाम्माने सब स्टेसनसम्म १३ किलोमिटर ग्रिड निर्माण गरिएको विद्युत् आयोजना लाम्माने सब स्टेसनमा रहेको १३२ केभिए सोलु करिडोरमा जोडिएको हो ।

विद्युत् आयोजना केन्द्रिय लाइनमा जोडिएसँगै विद्युत् प्राधिकरणलाई हिउँद याममा राहात भएको छ ।

 

आइतवार, २९ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो