फोर एच नेपालले घाटामा रहेका किसानलाई न्यूनतम बजार मूल्य निर्धारण गरी उचित क्षतिपूर्तिको माग गरेको छ । नेपाली किसानलाई पूर्ण अनुदान तथा व्यावसायिक किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने माग राख्दै फोर एच नेपालले सरकारको ध्यानाकर्षण गराएको हो ।

चितवनका किसानले आफूले उत्पादन गरेको तरकारीले उचित बजार मूल्य नपाएपछि तरकारी सडकमा फालेर विरोध जनाएको एक हप्ता पुग्दा पनि सरकारले कुनै पहल कदमी नगरेको फोर एच नेपालले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘किसानका मागप्रति नेपाल सरकारले चासो नदेखाउनुले सरकार किसानप्रति कति संवेदनशील छ भन्ने कुराको पुष्टि भएको छ । पीडित किसानका माग तत्काल पूरा गरी नेपाली किसानले उत्पादन गरेका वस्तुको न्यूनतम मूल्य निर्धारण गरिनुपर्छ ।’

विदेशबाट आयात गरिएका तरकारी सस्तो मूल्यमा बजारमा उपलब्ध हुने गरेका कारण नेपाली किसानले उत्पादन गरेका तरकारीले बजार पाउन नसकेको अवस्थीले बताएका छन् । साथै नेपाली किसानको लागत मूल्य बढी हुनु, बजारसँग सिधै पहुँच नहुनु र बिचौलियाका कारण किसानले कम मूल्य पाउने गरेका छन् । सरकारले बिचौलियालाई नियन्त्रण गर्न नसकेको र सरकारी बजार मूल्य निर्धारण प्रणाली प्रभावकारी नभएको अवस्थीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘नेपाली कृषि क्षेत्र, कृषि उत्पादन तथा कृषि बजारीकरणबारेमा नेपाल सरकारसँग आवश्यक तथ्यांक, आवश्यकताको पहिचान तथा व्यवस्थापन प्रणालीसम्बन्धी एकिृकत नीति, योजना तथा कार्यक्रमको अभावले कृषिसम्बन्धी समस्याको दिगो समाधान हुन नसकेको हो ।’ विज्ञप्तिमा भनिएको छ । विदेशबाट कति आयात गर्ने र नेपाली किसानले उत्पादन गरेको उत्पादनले कति बजार धान्न सक्छ भन्ने कुराको एकिन नहुनुले किसान मारमा परेको जनाइएको छ । समस्या समाधानका लागि तत्काल एक अधिकारसम्पन्न उच्चस्तरीय समिति गठन गर्न पनि सरकारसँग माग गरेको छ ।

फोर एच नेपाल एक दशकदेखि कृषिमा युवा सहभागिता तथा कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ ।

बिहिबार, २६ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो