बालबिकास आधारभुत बिद्यालय हो यो । यो बिद्यालयको व्यवस्थापन समितिको अध्यक्ष नि महिला हुनुहुन्छ । लक्ष्मीमायाँ अधिकारी । र पनि हुन सक्छ यो बिद्यालय बनाउन र श्रमदान गर्न पनि महिलाहरुकै तछाड मछाड देखिन्छ ।

संखुवासभाका स्थानीय बासिन्दा आफ्नो बिद्यालय आफै बनाउने अभियानमा जुटेका छन् । अन्यत्र बिद्यालय बनाउन दाताको मुख ताक्ने प्रबृद्धि हावी हुदै गर्दा संखुवासभाको चैनपुर लामिचौर भ्यागुते ढुंगाका स्थानीयवासिन्दा भने दाताको मुख ताक्ने प्रवृतिलाई निरुत्साहित गर्दे आफ्नो बिद्यालय आफै बनाउन श्रमदानमा जुटेका हुन् । अति बिपन्न समुदायका बालबालिका अध्ययन गर्ने यो बालबिकाश आधारभुत बिद्यालय लामिचौरमा अधिकांश दलित समूदायका बालबालिका अध्ययनरत छन् ।

दुर्गममा रहेका कारण पनि यस बिद्यालयको भौतिक सुधारकालागि कसैको ध्यान पुग्न नसकेको बिद्यालयका प्रधानाध्यापक सुरेन्द्र तामाङ बताउनुहुन्छ । गाउँलेहरुलाई बिद्यालयको भिरालो जमिन समस्याउन र भिरका ढुंगा निकालेर सम्म बनाउन भ्याई नभ्याई छ । आफ्ना छोराछोरीलाई गाउँकै बिद्यालयमा पढाउने सपना बोकेका गाउँलेहरु बिहानै कुटो, कोदालो,झ्याम्पल लिएर श्रमदान गर्न व्यस्त देखिन्छन् । दलित समूदायको आर्थिक अवस्था अत्यन्त दयनीय भएका कारण बिद्यालयलाई चन्दालगायतको अािर्थक सहयोग गर्न नसक्ने भएका कारण उनीहरु आफै बिद्यालय बनाउन लागेका हुन् ।

बिद्यालयको आर्थिक अवस्थापनि दयनिय भएको प्रधानाध्यापक तामाङको भनाई छ । बिद्यालयको ग्राउन सम्याउन पुरुष भन्दा बढी महिलाको सहभागिता छ । बिद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीमायाँ अधिकारीले बिद्यालयमा सक्दो श्रमदान गरी नमुना बिद्यालय बनाउने अठोट रहेको बताउनुहुन्छ । हामी अहिले पसीना बगाउछौ, यसको फल गाउँलेहरुले र हाम्रा बालबालिकाले नै प्राप्त गर्ने हो । त्यसैले श्रमदान गर्न कसैले कञ्जुस्याई नगरेको उहाँको भनाई छ । त्यसो त श्रमदान गर्न गाउँलेहरु उत्साहित मात्र छैनन, शिक्षाप्रति निकै जागरुक पनि हुन थालेकाछन् ।

बिद्यालय बनाउने गाउँलेहरुको हुटहुटी देखेर बिद्यालय निर्माणकालागि अहिले देशबिदेशबाट सहयोगसमेत आउन थालेको छ । अत्यन्त बिपन्न समुदायका बालबालिका पढ्ने भएका कारण पनि बिदेशबाट समेत यो बिद्यालयलाई सहयोग आउन थालेको प्रधानाध्यापक तामाङले बताउनुभयो । बिद्यालयको भौतिक, व्यवस्थापकीय क्षेत्रमा सुधार मात्र हैन, गुणस्तरी शिक्षण शिकाईमासमेत बिद्यालय अब्बल बन्दै गएको छ । बिद्यालर्थीको सरसफाई, कपाल काट्ने, नङ काट्ने लगायतका शिकाई पनि बिद्यालयमै गरीदै आएको छ ।

पछिल्लो समयमा बिद्यालयमै दिवा खाजाको व्यवस्थाले यो दलित बस्तीका बालबालिकाको बिद्यालयप्रतिको आकर्षण झनै बढ्दै गएको छ ।

 

बिहिबार, २६ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा