fi;le photo

भारतले धान निकासीमा कोटा लगाएसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपाली धानको मूल्य पनि गतवर्षको तुलनामा यसपालि प्रतिक्विन्टल तीन सयसम्मले बढ्दा किसानले सामान्य राहत पाएका छन् ।

तर त्यसले चामलका उपभोक्ता मारमा परेका छन् । धानमा प्रतिक्विन्टल तीन सयसम्म मूल्यवृद्धि हुँदा चामलमा प्रतिकिलो १० रुपैयाँदेखि २० रुपैयाँसम्म मूल्य बढेको पाइएको छ । धानको मूल्य बढेसँगै एक महिना अगाडि प्रतिकेजी ४८ रुपैयाँमा पाइने सोना मन्सुली चामलको मूल्य अहिले केजीको ५८ रुपैयाँ पुगेको छ । त्यसैगरी ५५ रुपैयाँ किलोमा पाइने मन्सुली चामलको मूल्य ६४ रुपैयाँ र ६८ रुपैयाँ किलोमा पाइने जिरा मसिनो चामलको मूल्य अहिले ८८ रुपैयाँ पुगेको चन्द्र शिव राइस मिलका सञ्चालक नरेश राठीले बताउनुभयो ।

भारतले नेपालको लागि चालु वर्षमा ६ लाख टन धान निकासी गर्ने कोटा निर्धारण गरेको छ । भारतले कोटा निर्धारण गरेसँगै भारतमै धानको मूल्य बढ्यो । उद्योग वाणिज्य संघ प्रदेश १ का कृषि संयोजक श्रवण अग्रवालले भने भारतमा धानको मूल्य बढेसँगै नेपालमा पनि धानको मूल्य बढ्दा चामलको मूल्य पनि बढेपछि उपभोक्ता मारमा परेका छन् ।

गतवर्ष यही सिजनमा सोना मन्सुली धानको मूल्य प्रतिक्विन्टल २ हजार ८ सय थियो । अहिले ३ हजार एक सय रुपैयाँ पुगेको छ । त्यही धानको मूल्य भारतमा ३ हजार २ सय ५० रुपैयाँ छ । रञ्जित धानको मूल्य गतवर्ष २ हजार ९ सय ५० हुँदा यसपालि ३ हजार ४ सय ५० रुपैयाँ पुगेको छ । गत वर्ष कान्छी मन्सुलीको मूल्य प्रतिक्विन्टल २ हजार ६ सय हुँदा यसपालि २ हजार ९ सय पुगेको छ । अग्रवालले भने कान्छी मन्सुलीको धानको मूल्य भारतमा अहिले ३ हजार २ सय छ ।

यस वर्ष प्रदेश १ मा ११ लाख ९८ हजार टन धान उत्पादन भएको छ । त्यो धानले सुनसरी मोरङ औद्योगिक करिडोरका साना ठूला झन्डै सयवटा राइस मिललाई ६ महिना पनि पुग्दैन । चन्द्र शिवराइस मिलका सञ्चालक नरेश राठीले भने यहाँका उद्योगलाई स्थानीय उत्पादनले ६० प्रतिशत मात्र धान्ने र बाँकी भारतीय धानमा निर्भर रहनुपर्ने स्थिति छ ।

प्रदेश १ मा ३ लाख २० हजार १ सय २३ हेक्टरमा बर्खे धान रोपाइँ हुँदा ११ लाख ९८ हजार ७ सय ४० टन धान उत्पादन भएको प्रदेश कृषि निर्देशनालयको तथ्याङ्क छ । त्यसमध्ये झापामा ३ लाख ८१ हजार ९ सय ३७ टन, मोरङमा ३ लाख ३४ हजार ६ सय ९९ टन, सुनसरीमा २ लाख १८ हजार ७ सय ३५ टन र उदयपुरमा ४७ हजार ९ सय २० टन धान उत्पादन भएको छ ।

धानको मुख्य सिजन कात्तिकदेखि पुससम्ममा जोगवनी नाकाबाट ३२ करोड ५० लाख मूल्य बराबरको ९ हजार २ सय ८२ टन धान भारतवाट आयात भएको विराटनगर भन्सारको तथ्याङ्क छ । गत वर्ष यो नाकाबाट ३२ अर्ब मूल्य बराबरको धान र चामल आयात भएको तथ्याङ्क छ ।

बुधबार, २५ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे