काठमाडौं उपत्यकाभित्र पाँच ठाउँमा हाँसकुखुरामा बर्डफ्लु संक्रमण (एच फाइभ एन वान) पुष्टि भएको छ ।

ललितपुरको खुमलटार, काठमाडौंको शंखमूल, तारकेश्वरको वडा नं. १ र ७, नार्गाजुनको वडा नं. ६ तथा भक्तपुरको चाँगुनारायणमा संक्रमण पुष्टि भएको हो ।

पशु सेवा विभागका सूचना अधिकारी डा।चन्द्रअनुसार माघ १५ गते पहिलोपटक खुमलटास्थित नेपाल कृषि अनुसन्धान परिषद् नार्कमा अनुसन्धानका लागि राखिएको एउटा पंक्षीमा बर्डफ्लु पुष्टि भएको थियो ।

नार्कसहित मंगलबारसम्म बर्डफ्लु देखिएका स्थानमा पालिएका ६ हजार ७१८ वटा हाँसकुखुरा, १० हजार २४५ अण्डा र ५५० केजी दाना नष्ट गरिएको छ ।

डा. ढकालकाअनुसार हाल संक्रमण देखिएकामध्ये व्यवसायिक फार्म र सानो संख्यामा पालिएका हाँस कुखुरा पनि छन् । संक्रमण देखिएका क्षेत्रका अन्य घरपालुवा पंक्षीको पनि नमूना परीक्षण भइरहेको उहाँले बताउनुभयो ।

बुधबार, २५ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो