राष्ट्रिय कृषक समूह महासंघले कृषि उत्पादनको दिगो बजारीकरणको माग गरेको छ । महासंघले भारतलगायतका मुलुकबाट आयत हुने खाद्यवस्तुका साथै तरकारीजन्य वस्तुलाई निरुत्साहित गरी नेपाली किसानको उत्पादनको दिगो बजारीकरणका लागि कदम चाल्न सरकारसमक्ष माग गरेको हो ।

महासंघले उच्चस्तरीय वार्ता टोलि गठन गरी प्रभावित किसानलाई उचित क्षतिपूर्ति दिएर तत्काल किसानका पीडा र माग सम्बोधनको गर्न पनि माग गरेको छ ।

नेपाली किसानलाई सधैँ बेवास्ता गरिरहने र उत्पादकको संप्रभुतालाई बेवास्ता गरिएका कारण हुने घटनाका कारकबारे जिम्मेवार राज्यको भूमिकासहित थप अध्ययनका साथै व्यावहारिक र नीतिगत दिगो समाधानको लागि पहल गर्न अध्यक्ष नवराज बस्नेतले माग गरेका छन् ।

कृषि पेशा र किसानहरूलाई राज्यको नीति तथा निकायहरूले बेवास्ता गर्दा कृषि पेशामा संलग्न किसानहरूले भोगेको पीडा र यसबाट किसान वर्गमा आएको चरम निराशाका कारण सूर्योदय नगरपालिका इलामका प्रेमप्रसाद आचार्यले संघीय संसद् नयाँ बानेश्वर अगाडि आफ्नै शरीरमा आगो लगाइ देहत्याग गरेको घटना, विषादीसहितका भारतीय उत्पादन बजारमा खुलेआम हावी हुँदा नेपाली उत्पादले सही मूल्य साथै बजार नपाएको कारण चितवनका कृषकहरूले आफ्नो उत्पादन सडकमा फालेर विरोध जनाएको घटना, नागार्जुन नगरपालिका रामकोटका किसानले उत्पादनको उचित मूल्य र सहज बजारीकरणको मागसहित कृषि सामग्री तथा औजारको प्रर्दशनीसहितको जुलुसलाई बाफलमा प्रहरीको बलसहित रोकेको घटनाप्रति राष्ट्रिय कृषक समूह महासंघ, नेपालको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमर्फत जनाइएको छ ।

‘कृषिप्रधान देशका नेपाली किसानहरूले रातोदिन गर्दै आएको कृषि कर्मलाई राज्यले सम्बोधन गर्दै कृषि कर्मको मर्मबमोजिम पेशागत सम्मानसहितको व्यवस्थापन गर्न नसक्नु निकै दुःखको कुरा हो । खाद्य सुरक्षाको आधारका रूपमा रहेको कृषि पेशालाई प्रमुखताका साथ संरक्षण एवं संवर्द्धन नगरिँदा उत्पादक किसानहरूमा नैरश्यताका साथै पेशागत पलायन बढेर गएको छ । यसले देशलाई गम्भीर चुनौती थप्दै छ । यसर्थ तीन तहको सरकारको जिम्मेवारी र दायित्वबारे मनन गर्दै दिगो समाधानको उपाय खोजियोस् ।’ विज्ञप्तिमा भनिएको छ ।

 

मङ्लबार, २४ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा