जुम्लाको तातोपानी गाउँपालिका वडा नं १ राँका गाउँका किसानलाई स्याउका बिरुवा वितरण गरिएको छ । बिरुवा रोप्ने समय नजिकिए सँगै तातोपानीले राँका गाउँका चार सय किसानलाई स्याउका बिरुवा वितरण गरिएको तातोपानी गाउँपालिका कृषि शाखा प्रमुख पदम नेपालीले बताउनुभयो ।

उहाँका अनुसार  प्रति किसानलाई १५ वटा बिरुवाका दरले चार सय किसानलाई ६ हजार ५ सय बिरुवा वितरण गरिएको हो । जुम्ली रैथाने ‘डेलिसियस’ जातका बिरुवा वितरण गरिएको छ । बिरुवा सँगै खेतीबारे ज्ञान तथा रोग किरा नियन्त्रण सम्बन्धी अभिमुखीकरण गराइने कृषि शाखा प्रमुख नेपालीको भनाई छ ।

जुम्ली किसानको मुख्य आयस्रोत स्याउ खेती हो । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले भन्नुभयो,“तातोपानीमा स्याउ खेतीको सम्भावना  राम्रो छ । स्याउ खेतीमा किसानको बढ्दो आकर्षण लाई मध्यनजर गरि अनुदान बिरुवा वितरण गरेका छौ । स्याउ खेती विस्तारमा पालिकाले थप सहयोग पनि गर्ने छ ।”

तातोपानी गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर आफ्ना कार्यक्रमहरू अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताउनु भयो । तातोपानी १ नम्बर वडाध्यक्ष कर्ण बहादुर कठायतले अनुदानमा पाएका बिरुवाबाट उत्कृष्ट कृषि कर्म गरेर देखाउने विश्वास व्यक्त गर्नुभयो ।

स्याउ खेती गर्ने समय नजिकिँदै गर्दा पालिकाले निःशुल्क बिरुवा दिएपछि राहतसँगै स्याउ खेतीमा लाग्ने जाँगर पैदा भएको राँका गाउँका किसान कल बहादुर कठायतले बताउनु भयो । अनुदानमा बिरुवा पाएपछि खुसि हुनु भएका किसान परान धराला व्यवसायीक स्याउ खेतीमा होमिने सङ्कल्प गरेको बताउनुहुन्छ ।

सोमवार, २३ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !