पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ ।

यस वर्ष मल तथा बिउको अभाव, सिँचाइको समस्या तथा रोग र किराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका सूचना अधिकारी शंकर पौडेलले बताउनुभयो ।

विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा कमी आए पनि यस वर्ष उत्पादन बढ्ने भएपछि तोरी खेती गर्ने किसानसमेत खुसी भएका छन् । उहाँका अनुसार जिल्लामा यस वर्ष १ हजार १८५ हेक्टर जमिनमा तोरी खेती गरिएकामा १ हजार २८५ मेट्रिक टन तोरी उत्पादन हुने अनुमान छ ।

गत वर्ष जिल्लामा १ हजार १३५ हेक्टर जमिनमा १ हजार २३७ मेट्रिक टन तोरी उत्पादन भएको थियो । तोरी खेतीका लागि पकेट क्षेत्र मानिएका स्थानीय तहहरू कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोटमा तोरी उत्पादन बढ्ने देखिएको हो ।

विशेष गरी चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीमा हिउँदे खेतीका रूपमा गरिने गहुँ खेती गैँडालगायत वन्यजन्तुले नष्ट पार्ने क्रम केही वर्षयता बढेसँगै किसान तोरी खेतीतर्फ आकर्षित भएका हुन् ।

पछिल्लो समय तेलको मूल्य दोब्बरको हाराहारीमा वृद्धि भएसँगै किसानले घरायसी प्रयोगका लागि तोरी खेती गर्न लागेको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

तेलसँगै किसानले उत्पादन गरेको तोरीको मूल्य पनि बढेको र वन्यजन्तुले पनि कम क्षति पु¥याउने भएकाले तोरी खेती गर्ने किसानको संख्या बढेको सूचना अधिकारी पौडेलको भनाइ छ ।

जिल्लामा तोरीसँगै यस वर्ष अर्को तेलहन बाली सर्स्युँको उत्पादन पनि बढ्ने देखिएको छ । यस वर्ष जिल्लामा १ हजार २६० हेक्टर जमिनमा १ हजार ७१५ मेट्रिक टन सर्स्युँ उत्पादन हुने अनुमान गरिएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

उहाँका अनुसार गत वर्ष जिल्लामा १ हजार २७० हेक्टर जमिनमा १ हजार ७०८ मेट्रिक टन सर्स्युँ उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्रलगायत जिल्लाका स्थानीय तहले किसानका लागि प्राविधिक सहयोगको व्यवस्था गरेका तथा सिँचाइ, मल र बीउको सहज उपलब्धता तथा रोगको प्रकोप घटेको र मौसमले साथ दिएका कारणले तोरीलगायत तेलहन बालीको उत्पादन बढेको हो ।

सोमवार, २३ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे