कर्णाली समृद्धिको प्रमुख आधार मध्य एक हो कृषि क्षेत्र । कृषिमा आत्मनिर्भर कर्णालीलाई प्रदेश सरकार र यहाँका ७९ वटै स्थानीयतहले आवश्यक नीति कार्यक्रम र लगानी बढाउन सकेन आयात प्रतिस्थापन गर्न सक्ने अधिकतम सम्भावना छ । उत्पादन बढाउने नीति र उत्पादित वस्तुको बजारको अभावले कर्णालीका खाद्यान्न बाली निर्यात हुन सकेको छैन । आफ्नै उत्पादनले ५/६ महिना नपुग्ने कर्णाली आयातकै भरमा निर्भर छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा जुम्लामा साढे १५ हजार मेट्रिकटन खाद्यान्न उत्पादन भएको छ । विगतको वर्षभन्दा ३ हजार मेट्रिकटन उत्पादन बढेपनि चार वर्षयता जुम्लाको रैथाने खाद्यान्न बाली उत्पादन घट्दै गएको छ ।

जुम्लामा गत वर्ष भएको बेमौसमी वर्षापछिको बाढीले क्षति गर्दा खेती विस्तार भएपनि उत्पादन वृद्धि हुन नसकेको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेर बहादुर भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार आव २०७८/७९ मा मार्सी र उन्नत जातको गरी ६ हजार ६७ मेट्रिकटन धान उत्पादन भएको छ । गहुँ ५ हजार ३ सय मेट्रिकटन, वर्षे मकै ११ हजार ११५ मेट्रिकटन, ३८ सय ८५ मेट्रिकटन, जौ ६ हजार ८० मेट्रिकटन, फापर ९९मेट्रिकटन, उवा ३९ मेट्रिकटन, ६५ मेट्रिकटन, कागुनो १५ मेट्रिकटन उत्पादन भएको छ ।

त्यस्तै, जुम्लाको स्याउ पछिको प्रमुख नगदे बाली मध्यको सिमी भने २९ सय मेट्रिकटन उत्पादन हुँदा, दलन बाली तोरी १ सय ३३ मेट्रिकटन उत्पादन भएको सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो ।

साथै फलफूल तथा तरकारी उत्पादन पनि जुम्लामा उल्लेखीय रुपमा भएपनि बजारीकरण भने न्यून छ । स्याउनको राजधानीका रुपमा चिनिने जुम्लामा गत आवमा १८ हजार मेट्रिकटन स्याउ फलेको तथ्याङ्कले देखाएको छ ।

उत्पादनको ५० प्रतिशत मात्रै विक्री भयो । तथ्यांकअनुसार ओखर ८ सय मेट्रिकटन, बेसार ३० मेट्रिकटन, लसुन ३० मेट्रिकटन, खुर्सानी ६८० मेट्रिकटन, प्याज ९८५ मेट्रिकटन गरी जम्मा २२ प्रकारका खाद्यान्न तथा फलफूल तरकारी गरी जुम्लामा साढे १५ हजार मेट्रिकटन खाद्यान्न उत्पादन भएको छ । स्याउ, ओखर बाहेक अन्य उत्पादन सबै जिल्लामै खपत भएर पनि आयात गर्नुपर्ने अवस्था छ ।

कुन वर्षमा कति उत्पादन ?
लोपोन्मुख हुँदै गएको जुम्ली रैथाने बाली उत्पादन क्रमिक रुपमा घट्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार आव २०७७/७८ मा जुम्लामा १२ हजार ३ सय ८ मेट्रिकटन मात्रै रैथाने बाली उत्पादन भएको थियो । जबकि, अघिल्ला वर्ष २०७४ देखि ०७६ साल सम्म २७ हजार १ सय १३ मेट्रिक टनभन्दा बढी रैथाने खाद्यान्न बाली उत्पादन भएको तथ्याङ्क छ ।

तर ३/४ वर्षयता भने लगभग १३ देखि १४ हजार मेट्रिकटनले उत्पादन घटेर पछिल्ला वर्षमा अधिकतम १५ हजार मेट्रिकटन मात्रै रैथाने बाली उत्पादन हुँदै आएको छ । सरकारी तथ्याङ्क हेर्दा जुम्ली रैथाने बाली उत्पादन घट्दै गएको र परनिर्भरता बढ्दै गएको स्पष्ट बुझिन्छ ।

युवालाई कृषिमा प्रेरित गर्ने नीति नहुनु, तीनै तहका सरकारले कृषिमा पर्याप्त लगानी नगर्नु, जलवायु परिवर्तनले उत्पादन घट्नु र प्राकृतिक प्रकोप बालीमा क्षति गर्नु लगायतका कारणले खाद्यान्न उत्पादन घट्दै गएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश बहादुर अधिकारीले बताउनुभयो ।

जुम्लामा स्याउ, सिमि, ओखर, मार्सी धान लगायतका बालीको उत्पादकत्व वृद्धि भएपनि प्राकृतिक प्रकोपले उत्पादन घट्दो क्रममा छ ।

कर्णालीमा वर्षेनि ३ लाख बढी मेट्रिकटन खाद्यान्न आयात हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । आफ्नै उत्पादनले ५/६ महिना नपुग्ने कर्णालीमा उत्पादन वृद्धिको नीति नहुँदा आयातमा निर्भर छ ।

कर्णालीमा वर्षभरि किनमेल हुने कुल खाद्यान्न बाली तथा तरकारी ३२ प्रतिशत मात्र कर्णालीका विभिन्न जिल्लामा उत्पादन हुने गरेको पाइएको छ ६८ प्रतिशत तरकारी खाद्यान्न आयातमै निर्भर छ । कर्णालीमा मुख्य गरी छिमेकी मुलुक भारतबाट कृषि उपज आयात आइरहेको छ ।

त्यसैगरी बाँके, महेन्द्रनगर, चितवन, बर्दियालगायतका स्थानबाट कर्णालीमा कृषि उत्पादन आयात भएका छन् । कर्णालीमा उत्पादन अघिल्ला वर्षहरू जस्तै पछिल्ला वर्षमा पनि आयात भने घटेको छैन ।

आइतवार, २२ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे