पोखराका शिव गौतम शिक्षण पेसासँगै ड्रागन फ्रुटको खेतीमा व्यस्त हुनुहुन्छ । पढाउने कामबाट फुर्सद हुनेबित्तिकै उहाँ पोखरा महानगरपालिका–३३ बागमारामा रहेको फार्ममा पुग्नुहुन्छ । त्यहाँ गौतमले पाँच रोपनी जग्गा भाडामा लिएर यसको खेती गर्नुभएको छ ।

उहाँले बागमारामा मातृभूमि कृषि फार्म दर्ता गरेर व्यवसाय सुरु गर्नुभएको हो । फार्ममा यतिबेला पाँच सयभन्दा बढी ड्रागन फलको बिरुवा हुर्किरहेका छन् । अधिकांश बिरुवाले यो वर्षदेखि नै उत्पादन दिएको उहाँले बताउनुभयो ।

कोरोनापछिको लकडाउनले यो खेतीप्रति रुचि बढेको उहाँ सुनाउनुहुन्छ । शिक्षण पेसामा आबद्ध उहाँ लकडाउनमा धेरै मात्रामा अनलाइनतिरै व्यस्त हुन थाल्नुभयो । त्यही क्रममा ड्रागनका बारेमा सामाजिक सञ्जालमा भिडियो देख्नुभयो । युट्युबमै भएको नम्बरमा फोन गर्दा पोखरामा पनि हुने सुझावपछि हौसिएर बागमारातिर जग्गा खोज्न हिँडेको उहाँले बताउनुभयो ।

उहाँले आफ्नो फार्म जग्गामा रातो र सेता प्रकारको फ्रुट लगाउनुभएको छ । जसमा ८० वटा सेतो र बाँकी रातो छन् । “एउटा पोलमा दुईवटा बिरुवा लगाउन मिल्छ”, उहाँले भन्नुभयो, “४० वटामा सेतो बिरुवा छ अरुमा रातो छ ।”

नेपाली बजारमा नयाँ फल भए पनि बजारको समस्या नरहेको गौतम बताउनुहुन्छ । उहाँले पहिलो सिजनमा एक सय ५० किलोग्राम उत्पादन गरेको बताउनुभयो । उहाँका अनुसार यो फ्रुट बजारमा प्रतिकिलो रु छ सयदेखि बाह्र सयसम्म बिक्री हुन्छ । “पोखरा पर्यटकीय राजधानी पनि हो त्यसैले यसको व्यापार व्यावसायमा कुनै समस्या नपर्नेमा म ढुक्क छु”, उहाँले भन्नुभयो, “मैले पहिलो सिजनमा एक सय ५० किलो जति उत्पादन गरेँ अनि रु. ६० हजारको बिक्री गरेँ ।” बाँकी केही आफन्तलाई चखाएको र केही चोरी भएको उहाँले सुनाउनुभयो ।

बहुउपयोगी फलका रूपमा चिनिएको यो फूल फुलेको तीन दिनमा झर्ने र करिब ४० दिनमा फल पाकेर खानयोग्य हुन्छ । बिरुवा रोपेको तीन वर्षदेखि फल दिन थाल्छ । एउटा वयस्क बिरुवाले एक सिजनमा कम्तीमा पनि २० किलो फल दिन्छ ।

पहिलो सिजनमा राम्रो उत्पादन भएकाले अझै केही बिरुवा थप्ने उहाँको योजना छ । बिदाको समयमा आफैँ फार्ममा पुगेर काम गरे पनि अन्य समयमा काम गर्न उहाँले दुई कामदार राख्नुभएको छ । पोखरामा सफल परीक्षण भइसकेका कारण अरुलाई घरको छतसँगै व्यावसायिकरूपमै खेती गर्न उहाँको सुझाव छ ।रासस

शुक्रबार, २० माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे