सरकारद्वारा प्रदान गरिँदै आएको सुत्केरी महिलालाई दिने भत्ता प्रसूति गृहमा सुत्केरी भएर घर फर्कने बेला हातहातमा दिन थालिएको छ ।

सुत्केरी महिलाले पोषणयुक्त खानेकुराको ब्यवस्था गर्न सहज होस भन्नका लागि पहिलो पटक सुत्केरी भएकै दिन उक्त भत्ता दिन थालिएको हो ।

खार्पुनाथ गाउँपालिका–३ को रायाँ गाउँकी लालमति टमटाले पहिलो पटक स्वास्थ्य चौकीको प्रसूति गृहमा सुत्केरी भएपछि पाउने सुविधा तत्काल पाएको बताउनुुभयो । तीन वर्ष अघि उहाँले पहिलो सन्तान जन्माउँदा सुत्केरी भएको एक वर्षपछि भत्ता पाउनुभएको थियो ।

उहाँले यस पटक भने सुत्केरी भएकै दिन पाउने तीन हजार र गर्भजाँच गरे बापत पाउने आठ सय गरी तीन हजार आठ सय रुपियाँ प्रसूति गृहको बेडमै पाएको बताउनुभयो ।

यस कार्यबाट सुत्केरीलाई पोषणयुक्त खानेकुरा किन्न सहज भएको छ । यता सिमकोट गाउँपालिका–२ को ठेहे गाउँकी सुत्केरी भएकी महिला नानी बोहराले स्वास्थ्य चौकीले सुत्केरी भएको समयमा भत्ता उपलब्ध गराउने कार्यले सकारात्मक सन्देश दिएको बताउनुभयो ।

उहाँले कार्यक्रमको लक्ष अनुसार समयमै भत्ता दिने ब्यवस्थाले रकम सही रुपमा सदुपयोग हुने गरेको पनि बताउनुभयो । सुत्केरी भत्ता अन्य बेला प्रदान गर्दा नवजात शिशु र आमाको पोषणका लागि प्रयोग हुन नसक्ने निष्कर्ष निकाल्दै सुत्केरी भएकै दिन भत्ता उपलब्ध गराउन थालिएको देखिन्छ ।

सिमकोट गाउँपालिकाका सबै स्वास्थ्य चौकीमा ५० जना गर्भवती महिला हुनुहुन्छ । केही समय अगाडिसम्म संस्थागत सुत्केरी हुनु भएकी सुत्केरी आमाले स्वास्थ्य संस्थामा भत्ताको रुपियाँ माग्न जानुुपर्ने अवस्था थियो ।

खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीले सुत्केरी भत्ता समयमै उपलब्ध गराउने कार्यका लागि गाउँपालिकाले आर्थिक अधिकार नै स्वास्थ्य संस्थालाई दिइएको बताउनुभयो । उहाँले यसले गर्दा गाउँपालिकाका सबै स्वास्थ्य संस्थाले सुत्केरी महिलालाई तोकिएकै दिन भत्ता दिने ब्यवस्था गर्न सहज भएको बताउनुुभयो ।

यसअघि आर्थिक अधिकार गाउँपालिकासँगै हुँदा वर्षको एक पटक मात्र उक्त भत्ता वितरण गरिन्थ्यो । उहाँले सुत्केरी भएकै दिन भत्ता पाउने ब्यवस्थाले संस्थागत सुत्केरी गराउने कार्यमा समेत सहयोग मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।

बुधबार, १८ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान