गैरआवासीय नेपालीले नेपालमा लगानी गर्न चाहे पनि कानुनी अल्झन रहेको बताएका छन्। अर्थमन्त्री विष्णु पौडेललाई भेट गर्दै संघका पदाधिकारीले लगानीका लागि कानुनी अल्झन हटाउन माग गरेका छन।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले विदेशमा रहेका लाखौं नेपाली नेपालमा लगानीका लागि उत्साहित भए पनि कानूनी र नीतिगत समस्या परेको बताउनुभयो।

अध्यक्ष थापाले विदेशमा रहेका नेपालीलाई बिना कुनै उल्झन लगानी गर्न पाउने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो। कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपालीले कानुनी रुपमा भोग्नु परेका व्यवधानलाई सम्बोधन गरिदिन अनुरोध गर्नुभयो।
संघका अध्यक्ष डा। बद्री केसीले गैरआवासीय नेपालीको लगानी अभिवृद्धि गर्नका लागि नेपाली नागरिक सरह लगानीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष केसीले नेपाल सरकारको समन्वय, सहकार्य तथा लगानीसहित नेपालभित्र १० अर्ब बराबरको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड कम्पनी कार्यान्वयनमा ल्याउनका लागि समस्या भएको बताउनुभयो।

कम्पनीको कार्यक्षेत्र तथा एनआरएनले लगानी भित्र्याउन धितोपत्रसम्बन्धी नियम, लगानीको स्वीकृति विधि, लगानीको लेखांकन विधि, लगानीको प्रतिफल फिर्ता विधि तथा धितोपत्रको कारोबार विधिलगायतको निर्माण तथा संशोधन गरी तुरुन्त काम अगाडि बढाउन आग्रह गर्नुभयो।

अध्यक्ष केसीले गैरआवासीय नेपाली ऐन लगायत गैरआवासीय नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र त्यससम्बन्धी नियमावली तथा आदेशमा संशोधनसहित लगानी सम्बन्धमा विद्यमान न्यूनतम २ करोडको मापदण्ड हटाउन पहल गरिदिन पनि आग्रह गर्नुभयो।

डलर खाता सञ्चालनमा देखा परेका प्राविधिक समस्या समाधान गर्न, ‘एनआरएन नेपाल डेभलपमेन्ट फनड’लाई अघि बढाउन देखा परेका कानुनी र व्यावहारिक कठिनाइ समाधानका लागि अन्तर मन्त्रालयगत समन्वय गरेर समस्या सम्बोधन गरिदिन आग्रह गरे। वैदेशिक रोजगारीबाट आउने विप्रेषणलाई वैधानिक च्यानलमार्पmत ल्याउन प्रोत्साहन गर्न २ प्रतिशतसम्म प्रिमियम उपलब्ध गराउने गरी व्यवस्था गर्न अध्यक्ष केसीले आग्रह गर्नुभयो।

अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको विषयलाई तत्काल टुंगो लगाउन आग्रह गर्नुभयो।
सो अवसरमा अर्थमन्त्री पौडेलले गैरआवासीय नेपाली संघका प्रतिनिधिसहितको एउटा छुट्टै संयन्त्र बनाएर यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सबै मन्त्रालयका प्रतिनिधिसहित एकै ठाउँमा राखेर छलफल गरी समाधान निकाल्ने पौडेलले बताउनुभयो। गैरआवासीय नेपाली नागरिकताको विषय छिट्टै टुंगिने उहाँको भनाइ छ।

लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको अर्थमन्त्री पौडेलले बताउनुभयो। लगानीका लागि प्रोत्साहन गर्नेमा विश्वस्त रहन उहाँले आग्रह गर्नुभयो।

 

बिहिबार, १२ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो