प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नुभएको छ । अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपण सेवा शनिबारदेखि सुरु गर्ने जानकारी गराएको हो ।

प्रदेश अस्पताल सुर्खेतका प्रमुख डा. डम्बर खड्काले कर्णालीका नागरिकलाई प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा दिन अस्पतालले आवश्यक तयारी पूरा गरेको बताउनुभयो । निर्देशक डा. खड्काले मिर्गौला प्रत्यारोपण सेवा, क्याथ ल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने कार्य सम्पन्न भइसकेको बताउनुभयो ।

यस्तै, तीन वर्षभित्र भवनको तला थपका लागि बहुवर्षे ठेक्का प्रक्रिया सुरु भएको, प्रदेश अस्पताललाई पाँच सय शय्याको अस्पताल सञ्चालन, बाल अस्पतालको निर्माण र सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।

अस्पतालले आर्थिक वर्ष २०७८÷७९ र आर्थिक वर्ष २०७९-८० मा गरेको प्रगति विवरण सार्वजनिक गरेको थियो । यस्तै, कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) का रूपमा स्तरोन्नतिका लागि छलफल गरिसकेको छ । जसका लागि कर्णालीको सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ ।

हाल दुई सय ९७ शय्याको अस्पतालमा दैनिक औसत चार सय पाँच जना बिरामी भर्ना हुनेगरेको तथ्याङ्क छ । सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडामा वि.सं. २०१९ सालमा स्वास्थ्य केन्द्रको रूपमा स्थापना भई वि.सं. २०२४ सालमा सुर्खेत उपत्यकामा स्थानान्तरण हुँदै वि.सं. २०२९ सालमा १५ शय्या, २०४९ सालमा २५ शय्याको जिल्ला अस्पतालका रूपमा स्तरोन्नति भएको थियो ।

त्यस्तै, वि.सं. २०६२ फागुन ७ गते ५० शय्याको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, २०७५ कात्तिक १३ गते प्रदेश अस्पतालका रूपमा रूपान्तरण भएको थियो । प्रदेश अस्पताल विकास समितिका अध्यक्ष लालबहादुर घलेले कर्णालीमै मिर्गौला प्रत्यारोपण हुनु आम नागरिकका लागि खुसीको कुरा भएको बताउनुभयो । उहाँले देशका सीमित अस्पतालमा रहेको सेवा अब कर्णालीमै सुरु गरी कर्णालीका नागरिकलाई सहज सेवा दिन अस्पताल सफल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

सोमवार, ९ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा