बेनी नगरपालिका–१ उपल्लाचौरमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशाला सञ्चालन गरिएको छ । किसानलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङगारिक खेती गर्न नगरपालिकाको आर्थिक सहयोगमा रत्नेचौर आइपिएम किसान समूहमार्फत पाठशाला सञ्चालन गरिएको हो । समूहका अध्यक्ष अस्मिता बोगटीले स्थानीयस्तरमा उपलब्ध प्राङगारिक मल, गाईभैँसीको मूत्र र जैविक विषादीको प्रयोगबाट रोगकीरा पहिचान तथा व्यवस्थापन गर्न पाठशाला सञ्चालन गरिएको बताउनुभयो ।

“तितेपाती, असुरो, खरानी, गाईभैँसीको मूत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोगकीरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउने उद्देश्यले पाठशालामा सहभागी भएका हौँ,” उहाँले भन्नुभयो “रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरणका लागि प्राङगारिक खेतीमा जोड दिएका छौँ ।”

आलु बालीमा १६ हप्तासम्म सञ्चालन हुने पाठशालामा सहभागी २५ किसानमध्ये २३ महिला छन् । हरेक हप्ताको शनिबार चार घण्टा भेला गराएर सैद्धान्तिक विषयमा अभिमुखीकरणका साथै प्रयोगात्मक अभ्यास गराइएको आइपिएम सहजकर्ता क्षेत्रबहादुर कटुवालले बताउनुभयो ।

“प्रयोगात्मक अभ्यासका लागि एक रोपनी जमिनमा तीन वटा प्लट बनाएर सामूहिक आलु खेती गरिएको छ,” उहाँले भन्नुभयो, “आइपिएम, परम्परागत र प्रदर्शनी विधिबाट फरक–फरक जातका आलुका बिरुवा रोपेका छौ । जसबाट आइपिएम र परम्परागत बिधिको भन्दा फरक पहिचान गर्न सकिन्छ ।” सामूहिकका साथै किसानले व्यक्तिगत हिसाबले पनि आलु र तरकारी खेती गरेका छन् । “खेतीबालीमा शुत्रजीब मात्र हुदैन, मित्रजीव पनि हुन्छन् भन्ने ज्ञानको कमी छ,” किसन नरबहादुर थापाले भन्नुभयो “कुन जीवमित्र र शुत्र हो भन्ने पहिचान नगरी जथाभावी विषादी प्रयोग गर्दा बेफाइदा हुने भएकाले शुत्रजीवलाई जैविक विषादीबाट नष्ट गर्ने ज्ञान, सीप सिक्न पाठशालामा सहभागी भएका हौँ ।”

चालु आर्थिक वर्षमा उपल्लाचौरका साथै वडा नम्बर ६ को छाप र वडा नं. ४ को राक्सेमा आइपिएम किसान पाठशाला सञ्चालन गरिएकोे बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । एक वटा पाठशाला सञ्चालन गर्न रु एक लाख पचास हजारका दरले बजेट विनियोजन भएको छ । वडा नम्बर २ को बगरफाँटमा क्षेत्रीय बाली संरक्षण प्रयोगशालामार्फत आइपिएम सञ्चालन गरिएको छ । रासस

सोमवार, ९ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो