डिएस एग्रो इन्डष्ट्रिजले धनकुटा कफी बजारमा ल्याएको छ । धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सवमा सो इन्डस्ट्रिजले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । यो उत्पादन जिल्लाकै पहिलो ‘प्याकेजिङ’ प्रशोधित कफी हो ।

विसं २०७२ बाट धनकुटा नगरपालिका–२ गणेशटार भिरगाउँमा कफीखेती सुरु गरेको यस एग्रो इन्डस्ट्रिजले आफ्नो उत्पादनलाई बजारमा ल्याएको हो । रु. एक करोड ५० लाखको लागतमा एक सय २० रोपनीमा कफीखेती सुरु गरेको इन्डस्ट्रिजले यो हप्ताबाट क्याकेजिङ कफीको सुरुआत गरिएको सञ्चालक टीकाराम दर्नालले जानकारी दिनुभयो ।

दुई सय ५० ग्रामको बजार मूल्य रु. छ सय ५० पर्ने अरबिका जातको आग्र्यानिक कफी बजारमा ल्याइएको उहाँले जानकारी दिनुभयो । महोत्सवमा राखिएको यो कफी सबैले मन पराएर खाएको सञ्चालक दर्नालले सुनाउनुभयो । लगानी अभावका कारण हाललाई रु. दुई लाख ५० हजारको लगानीमा दुई सय केजीबाट परीक्षण उत्पादन सुरु गरिएको अर्का सञ्चालक युवराज दर्नालले जानकारी दिनुभयो ।

“यो हाम्रो उत्पादन प्रदेश नं. १ कै पहिलो अग्र्यानिक कफी हो”, उहाँले भन्नुभयो । आफ्नो खेतीको पूर्ण उत्पादन प्रशोधन गरेर बजारमा ल्याउन डेढ करोड लगानीको आवश्यकता रहेको भए पनि लगानी अभावका कारण अहिले काठमाडौँमा प्याकेजिङ गरेर कफी बजारमा ल्याउनुपरेको दर्नालले दुःखेसो गर्नुभयो ।

हाल १५ टन चेरी (फल कफी) उत्पादन गरेर पाचमेन (बोक्रो उकाएको कफी) तयार पारेर काठमाडौँ पठाउने इन्डस्ट्रिजले अबको दुई वर्षमा २५ टनभन्दा बढी उत्पादन गर्ने युवराजले जानकारी दिनुभयो ।

एनआइसी एसिया बैंकको रु. १० लाख, माछापुच्छे बैंकको रु पाँच लाख, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको रु चार–चार लाख र बाँकी निजी लगानीमा कफीखेती गरेको इन्डस्ट्रिजले वार्षिक रु. ३० लाख बराबरको चेरी (दाना कफी) बेच्ने गरेको छ ।

हाल लगानी वर्ष चलिरहेकाले वार्षिक रु. ४५ लाखभन्दा बढी खर्च भइरहेको बताउनुहुँदै सञ्चालक युवराजले अबको दुई वर्षपछि भने रु. तीन करोड बराबरको चेरी उत्पादन गरेर बिक्री गर्ने जानकारी दिनुभयो ।रासस

आइतवार, ८ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे