Trending
विश्व समावेशी साहसी संस्थाले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका दुई विद्यालयमा सहयोग गरेको छ ।
संस्थाले गाउँपालिका–८ लप्सेको सरस्वती आधाभुत विद्यालय र वडा नं ७ तिपेनीको क्षेत्रपालेश्वरी माध्यमिक विद्यालयमा टेलिभिजन र कम्प्युटर हस्तान्तरण गरेको संस्थाकी अध्यक्ष माया गुरुङले जानकारी दिइन्।
क्षेत्रपालेश्वरीमा १० थान कम्प्युटर र सरस्वती आधारभूत विद्यालयमा थान टेलिभिजन वितरण गरिएको उनले बताइन्।