प्रधानमन्त्री पुष्पकमल दाहालले पशुजन्य खाद्यपदार्थ र वनस्पतिजन्य खाद्यपदार्थको महत्त्वबारे चर्चा  गर्नु महत्त्वपूर्ण भएको बताउनुभएको छ ।

नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा शनिबार दशरथ रंगशालामा सम्पन्न राइट टु प्रोटिन हाफ म्याराथनु प्रतियोगिताको समापन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले पोषणको महत्त्वबारे जनचेतना फैलाउने कार्यमा नेपाल सरकारका पहल पर्याप्त नभएको बताउनुभयो ।

अबका दिनका पशुजन्य खाद्यपदार्थ र वनस्पतिजन्य खाद्यपदार्थमा देशलाई आत्मनिर्भर बनाउन सरकार लाग्ने उहाँले बताउनुभयो । स्वास्थ्यको क्षेत्रमा सरकारले नयाँ सुरुवात गर्ने तयारी गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा शुक्रबार सम्पन्न राइट टु प्रोटिन हाफ म्याराथनु प्रतियोगितामा विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ । दिपक अधिकारी र फुलमती रानाले दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि जितेका छन् । नेपाल भेटेरिनरी एसोसिएसनले आयोजना गरेको राइट टु प्रोटिन रन हाफ म्याराथनमा शनिबार दीपकले पुरुषतर्फ र फुलमतीले महिलातर्फको उपाधि जितेका हुन् ।

दशरथ रंगशालाबाट सुरु भएको म्याराथन दौडमा ५ हजारभन्दा बढी प्रतियोगीको सहभागिता रहेको भेटेनरी एशोसिएसनका अध्यक्ष डा। शीतलकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

खुला हाफ म्याराथन महिला र पुरुष, पुरुष १० किमी खुला, महिला ५ किमी खुला, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमी पुरुष र ३ किमी महिला तथा फरक क्षमता भएका महिला र पुरुषहरूका लागि ह्वीलचेयर म्याराथन दौड प्रतियोगिता गराइएको थियो ।

प्रतियोगितामा सबैभन्दा कम उमेरका सहभागीमा ६ वर्ष र सबैभन्दा बढी उमेरमा ७२ वर्षका रहेका थिए ।

प्रतियोगिताको कूल पुरस्कार रकम १४ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ रहेकामा हाफ म्याराथनको उपाधि जित्नेले १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेका छन् भने पाँचौँ स्थानसम्मका खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।

शनिबार, ७ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो