चितवनको इच्छाकामना गाउँपालिकाका चेपाङ बालवालिकालाई शैक्षिक सामाग्री र खाद्यन्न वितरण गरिएको छ । साप नेपाल र डेक नेपालले वडा नं २ मा रहेको राष्ट्रिय आधारभुत विद्यालय वोल्र्याङको छात्रावासमा बसेर अध्ययनर २२ जना अभिभावक विहीन चेपाङ बालवालिकालाई शैक्षिक सामाग्री र खाद्यन्न वितरण गरेको हो ।

साप–नेपाल र डेक नेपाल सौराहा चितवनको सहयोगमा राष्ट्रिय आधारभुत विद्यालयमा छात्रछात्राहरुलाई एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री र खाद्यन्न वितरण गरेको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताउनुभयो । साप नेपालले चितवन लगाएत अन्य जिल्लामा संस्थाको आन्तरिक श्रोत वाट विपन्न वर्गका छात्रछात्राहरुलाई हरेकवर्ष शैक्षिक सामाग्री एवं छात्रवृद्धि वितरण गर्दै आईरहेको उहाँको भनाई छ ।

कार्यक्रममा विद्ययालय व्यवस्थापन समितिका अध्यक्ष अकल बहादुर प्रजाले शिक्षा र चेतनाको कमिका कारण अझैपनि वालविवाह र वालश्रमिकको रुपमा वालवालिकाहरु प्रयोग भइरहेको बताउनुभयो । साप नेपालका अध्यक्ष गीता भट्टराईले गरिब तथा विपन्न समुदायका छात्रछात्राहरुलाई शिक्षाको क्षेत्रमा सहयोग गरी सवल र सक्षम नागरिक उत्पादन गरी देशको विकासमा योगदान गर्न हरेक संघ संस्थाले आ–आफ्नो तर्फवाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा इच्छाकामना गाउँपालिका वडा नं। २ का वडा अध्यक्ष पन्च बहादुर प्रजाले शिक्षाको सहज पहुँच नभएको कारण चेपाङ वालवालिकाहरु हरेक क्षेत्रमा पछाडि परेको बताउनुभयो । उहाँले विद्यालयमा छात्राबास निमार्णमा डेक नेपालले १ लाख नगद आर्थिक सहयोग गरेको बताउनुभयो ।

अधिकांश चेपाङ विद्यार्थीहरु विद्यालय भर्ना भएपनि नियमित विद्यालय जानेक्रम अत्यन्त न्यून रहेको र अझ अभिभावक विहीन वालवालिका पढाईबाट बन्चित भएको हुंदा छात्रावास निमार्ण गरेको विद्यालयका प्रधानाध्यापक कमला भण्डारीले बताउनुभयो ।

शनिबार, ७ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे