कृषि ज्ञान केन्द्र चितवनले सयपत्री फूल खेती कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

केन्द्रले चितवन र मकवानपुर जिल्लाका कृषि फर्म, कृषक समूह र कृषि सहकारीसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

उक्त कार्यक्रमका लागि केन्द्रले ५ लाख बजेटसमेत छुट्याएको छ । चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार साझेदारीमा कार्यक्रम सञ्चालन गरिने कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । यस कार्यक्रमका लागि केन्द्रले चितवन र मकवानपुरका कृषि फर्म, कृषक समूह र कृषि सहकारीलाई आवेदनका लागि आह्वान गरेको छ ।

यसैगरी केन्द्रले सहकारीको समन्वयमा मह संकलन केन्द्रमा संकलित महको परिमाणका आधारमा प्रतिकेजी ५० रुपैयाँका दरले प्रोत्साहन कार्यक्रम पनि ल्याएको छ । जसका लागि १० लाख बजेट छ । यसमा पनि केन्द्रले कृषि फर्म, कृषक समूह र कृषि सहकारीसँग साझेदारी गर्ने जनाएको छ ।

त्यस्तै १ करोड ५० लाख रकम छुट्याएर कृषि विकासका लागि बीउ पुँजीकोष कार्यक्रम पनि ल्याइने बताइएको छ । जसमा कृषि फर्म, कृषक समूह र कृषि सहकारी तथा उद्यमीसँग साझेदारी गरिनेछ । भने १ करोड ४० लाख रकमको अर्को कार्यक्रमचाहिँ न्यूनतम् समर्थन मूल्य कार्यान्वयन कार्यक्रम हो । यो कार्यक्रम न्यूनतम् समर्थन मूल्य कार्यान्वयन कार्यविधि – २०७९ बमोजिम सञ्चालन हुनेछ ।

तर केन्द्रले विभिन्न कार्यक्रम सञ्चालनका लागि ३ करोड ५ लाख रकम छुट्याए पनि प्रत्यक्ष उत्पादनसँग जोडिएको कार्यक्रममा भने ध्यान नपुगेको देखिन्छ ।

चितवन फूलमा ६० देखि ७० प्रतिशत आत्मनिर्भर देखिन्छ । चितवनमा उत्पादन हुने फूलहरू मकवानपुर, काठमाडौँ, पोखरा, दाङलगायतका जिल्लामा पनि निर्यात हुन्छ ।

 

शुक्रबार, ६ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो