Trending
संखुवासभाको खराङ खाल्टेमा सम्पन्न तेस्रो मिनी खेलकुद महोत्सव २०७९ को उपाधि फोकस–१६ क्लब धरानले जितेको छ ।
आज सम्पन्न खेलमा आमन्त्रित प्रथम स्व. सूर्यबहादुर सोम्याहाङ स्मृति कप पुरुष नकआउट फुटवल प्रतियोगितामा प्रथम स्थान धरानले प्राप्त गरेको हो । धरानले १ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त ग¥यो ।
त्यसैगरी मिर्मिरे युवा क्लब तामाफोकले दोस्रो स्थान जित्दै ६६ हजार ६ सय ६६ रुपैया प्राप्त ग¥यो भने नवयुग युथ क्लब पोखरी र सिद्धार्थ समाज क्लब मोरङले सान्त्वना स्थान हात पार्दे ४४हजार ४ सय ४४ रुपैया हात पारे ।
श्री किरण ज्योति युवा क्लबले आयोजना गरेको खेलमा आमन्त्रित महिला फुटबलमा डोकेनी क्लब माम्लीङ प्रथम, न्यु सयपत्री क्लब मुलगाउ दोस्रो भए । झाँकीमा ज्योती पुञ्ज सामुदायीक संस्था सल्लेरी प्रथम,सेलो समुृह चैनपुर काफल डाँडा दोस्रो भएको छ ।
दुर्गम ठाउँमा भएको खेल महोत्सव हेर्न टाढाटाढाबाट आएका दर्शकहरुको सहभागिता थियो । बिजयी खेलाडीलाई पुरस्कार प्रदान गर्दे प्रदेश सभासद बिदुर लिंथेपले गाउँस्तरमा आयोजना गरेको खेलले यस क्षेत्रका युवाहरुको क्षमता अभिवृद्धि गरेको बताउनुभयो ।
उहाँले स्वास्थ्यको लागि खेलकुद आवश्यक भएको भन्दै खेल क्षेत्रको सहभागिताबाट युवाहरुको शारिरीक र मानसिक बिकास हुने बताउनुभयो । उहाँले श्री किरण ज्योती युवा क्लवले खेलप्रति देखाएको मोह र सफलातापूर्वक खेल महोत्सव सम्पन्न गरेकोमा बधाई दिनुभयो ।
चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले दुर्गम क्षेत्रमा भएको खेलकुद महोत्सवले यहाँको युवाहरुलाई खेलप्रति उत्साहित बनाएको भन्दै स्थानीय तहले खेल क्षेत्रमा सहयोग गर्ने पनि बताउनुभयो ।