रौतहटमा नर्सरी व्यवसाय मारमा पर्दै गएको छ। बिरुवाको उचित मूल्य नपाउँदा नर्सरी व्यवसाय मारमा परेको हो।

जिल्लाको कटहरिया नगरपालिका वडा नं–३ बिर्ती प्रष्टोकाका नर्सरी व्यवसायीहरू अहिले आर्थिक संकटको सामना गरिरहेका छन्। उनीहरू नर्सरी व्यवसाय छोडेर विस्थापित हुने अवस्था सृजना भएको छ।

केही समयअघि रु. ५० मा बिक्री हुने बिरुवा अहिले २० देखि २५ रुपैयाँमा बिक्री हुन थालेपछि नर्सरी व्यवसायीहरू मर्कामा परेका हुन्। पहिला बिरुवा अधिकतम ७५ रुपैयाँसम्म पनि बिक्री हुन्थ्यो, त्यति वेला नर्सरी पेशामा लागेकाहरू मनग्ये आम्दानी गर्थे।

अहिले भने त्यस्तो अवस्था नरहेको बिर्ताका स्थानीय नर्सरी व्यवसायी दीपेन्द्र रजकले बताए। गाउँका ९९ प्रतिशत मानिस पहिला नर्सरी व्यवसाय गर्थे तर अहिले बिरुवाको उचित मूल्य नपाउँदा आधि जतिले यो पेशाबाट पलायन भएको रजकले बताए।

दर्जनौं व्यवसायीले व्यवसायबाट पलायन हुने अवस्था आएको छ। वर्षाैंदेखि कटहरिया–३ बिर्ती प्रष्टोकामा दिलीप फलफूल नर्सरी सञ्चालन गर्दै आएका विद्यालाल रौनियारले नर्सरी व्यवसायमा बिरुवाको उचित मूल्य नमिल्दा चल्नै नसक्ने अवस्था आएको बताएका छन्। उनले नर्सरी व्यवसायमा काम गर्ने कामदारहरूको पारिश्रमिक पुर्‍याउन समेत धौ–धौ भइरहेको छ, घाटा खाएर काम गर्नुपर्ने बाध्यता रहेको बताए।

हामी अब गर्ने के त ? पेशा छोड्न पनि सकिदैन। हामी दोधारमा आइपुगेका छौ ? जिम्मेवार निकायले हाम्रो कुरा नसुनिदिएका कारण यस्तो समस्या आएको रौनियारले गुनासो गरे।a

बिर्तीमा अधिकांश मानिस नर्सरी व्यवसाय गर्छन्। उनीहरूलाई बिरुवा बेच्न पनि अहिले गाह्रो छ। देशमा तीन तहको सरकार छ तर तीनै तहको सरकारले नर्सरी व्यवसायीको पीडा नबुझ्दा यस्तो अवस्था हुन पुगेको नर्सरी सञ्चालकहरूको गुणासो छ।

खासगरी स्थानीय सरकारले यसप्रति विशेष ध्यान दिनु पर्ने हो तर स्थानीय तहको ध्यान पुगेको छैन। यदि सरकारले समयमा ध्यान नदिने हो भने नर्सरी व्यवसायी झन् संकटमा पर्ने देखिन्छ।

शुक्रबार, ६ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो