रुकुम (पूर्व) को सिस्ने गाउँपालिकाले पालिकाभित्र रहेका भूमिलाई कृषि र गैरकृषि गरी २ भागमा वर्गीकरण गरेको छ ।

गाउँपालिकाको स्थानीय भू–उपयोग परिषद्को माघ ३ मा बसेको बैठकबाट भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियमावली २०७९ बमोजिम ४ किल्लासहित कृषि क्षेत्र र अन्य क्षेत्रलाई गैरकृषि क्षेत्रमा वर्गीकरण गरिएको हो ।

पालिकामा रहेका आठवटै वडाका भू–वर्गीकरण गरी कृषिक्षेत्र र गैरकृर्षि क्षेत्रमा वर्गीकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिस्ने गाउँपालिकाको वडा नं १ अन्तर्गतको पोढलगैरा, बासिपधेंरा, बरापुनी, ठूलागैरा, उदानब, रतुमारे, पाग, स्यालखोला, झरसादि, टाढार, दमार, कुलाक्षेत्र र फुलचाउलेलाई कृषि क्षेत्रका रुपमा वर्गीकरण गरिएको छ ।

त्यस्तै वडा नं २ को छिपखोला, किदा, प्वाङ, रङ्गेनी, लैपा, तुवाङ, कुचिवाङ कुरिपाटी, दत्कुना र सुद्रि क्षेत्रको पनि भू–वर्गीकरण गरिएको छ । त्यस्तै वडा नं ३ मा मूलपानी, लेख, घारिपागाको भूभागलाई कृषि क्षेत्रमा वर्गीकरण गरिएको छ । वडा नं ४ वडामा औलाचौर, दादिङ, रातामाटा र काडाँटोललाई कृषि क्षेत्रमा विभाजन गर्दा वडा नं ५ को धाउने क्षेत्रलाई अद्यौगिक क्षेत्रको रुपमा वर्गीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहले बताउनुभयो ।

सिस्ने ५ कै औलाबाङ, टापुखेत, रुलिखोला, सिमखेत, तल्लो ह्याप्ला, सिमलबोट, काफलधारा, पासरखेत, चोताबारी, तामाघारी तथा वडा नं ६ को लुस्पा, सेराखेत, कुत्मा सानीपनेरी, वडा नं ७ को नाथिगाड, सान्चौर र चिसापनि, वडा नं. ८ को राजखेत, खरमखोला र जलाले क्षेत्रलाई कृषि क्षेत्रको रुपमा वर्गीकरण गरिएको सिस्ने गाउँपालिकाले जानकारी दिएको छ ।

सिस्ने जिल्लामा भू–वर्गीकरण गर्ने पहिलो पालिकासमेत बनेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मङ्सिर २३ गतेसम्म देशभरका पालिकालाई जग्गाको वर्गीकरण गर्नको लागि समयसीमा दिए तापनि जिल्लामा कुनै पलिकाले अहिलेसम्म वर्गीकरण गर्नसकेका थिएनन् । यसले गर्दा जग्गाको कित्ताकाट पनि रोकिएको थियो । जसकारण राजस्व सङ्कलनदेखि जग्गाको कारोबारमा प्रत्यक्ष असर परेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिले बताउनुभयो ।

गाउँपालिकाले गरेको जग्गा वर्गीकरणमा कसैको दाबी, विरोध भएको खण्डमा सम्बन्धित वडाध्यक्ष तथा सिस्ने गाउँपालिकाको भू–उपयोग परिषद्मा दाबी, विरोध र सुझाव दिन अध्यक्ष रेग्मीले आग्रह गर्नुभएको छ ।

कृषियोग्य जग्गाको संरक्षण, खण्डीकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत् कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति, दिगो पूर्वाधार विकास, व्यवस्थित सहरीकरण र सुरक्षित आवास, प्राकृतिक स्रोतसाधनको समुचित व्यवस्थापन, विपद् जोखिम न्यूनीकरणलगायत उद्देश्य राखी नेपाल सरकारले भूउपयोग नीति २०७२ पनि जारी गरिसकेको छ ।

हाल नेपाल सरकारबाट भूउपयोग नियमावली २०७९ लागू भइरहेकोले उक्त नीति, ऐन तथा नियममा स्थानीय तहलाई भूमिको वर्गीकरण, भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने अधिकार तोकिएकाले मन्त्रालयले परिपत्र गरेको थियो ।रासस

बिहिबार, ५ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो