संखुवासभाको खराङ खाल्टेमा तेस्रो मिनी खेलकुद महोत्सव २०७९ सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दे चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङले ग्रामीण क्षेत्रका युवाको बिकास खेल क्षेत्रबाट गर्न सकीने बताउनुभयो ।

उहाँले दुर्गम क्षेत्रमा खेलकुद क्षेत्रको बिकास हुन नसकेको भन्दै स्थानीय तहले खेलकुद क्षेत्रको बिकासकालागि योजना बनाउने पनि बताउनुभयो । श्री किरण ज्योति युवा क्लबले आयोजना गरेको खेल महोत्सवमा जिल्लाका दशवटा स्थानीय तह र जिल्ला बाहिरका क्लवहरुको सहभागिता रहेको छ ।

माघे संक्रान्तिको अवसरमा आयोजित खेल महोत्सवमा आमन्त्रित प्रथम स्व. सूर्यबहादुर सोम्याहाङ स्मृति कप पुरुष नकआउट फुटवल प्रतियोगिता, आमन्त्रित महिला फुटवल प्रतियोगिता र खुल्ला जातजातिहरुको पाँचवटा झाँकी प्रदर्शनलगायतका प्रतियोगिता समेत भएकाछन् । झाँकी प्रतियोगितामा चैनपुर–१० सल्लेरीले साकेलामा प्रथम स्थान प्राप्त गरेको छ भने दोस्रो स्थान चैनपुर –१० सालडाँडाको तामाङ सेलोले जितेको छ । उद्घाटन समारोह पछि बिभिन्न समुहबीच फुटबल खेल भई रहेकाछन् ।

खेलमा आमन्त्रित प्रथम स्व. सुर्यबहादर सोम्याहाङ स्मृति कप पुरुष नकआउट फुटवल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजनार १ सय ११ रुपैया, दोस्रो ६६ हजार ६ सय ६६ रुपैया रहेको छ । त्यसैगरी सान्त्वना पुरस्कार २ टिमलाई २२ हजार २ सय २२ रुपैया गरी ४४ हजार ४ सय ४४ रुपैया रहेको छ ।

आमन्त्रित महिला फुटबलमा प्रथम ३३ हजार ३ सय ३३ रुपैया, दोस्रो २२ हजार २ सय २२ र सान्त्वना दुई टिमले ५–५ हजार रुपैया गरी १० हजार रुपैया रहेको छ । झाँकीमा प्रथम हुनेलाई १० हजार रुपैया र दोस्रोलाई ५ हजार रुपैया र सबै टिमलाई सान्त्वना पुरस्कार प्रदान गरीने आयोजक श्री किरण ज्योति युवा क्लवले जनाएको छ ।

सोमवार, २ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !